• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

घाँस काट्ने क्रममा रुखबाट खसेर दाङमा ७० बर्षिय बृद्धकाे मृत्यु


माघ १०, दाङ । 
घाँस काट्ने क्रममा रुखबाट खसेर दाङमा एक जेष्ट नागरिकको मृत्यु भएको छ ।

बुधबार साँझ पाँच बजेतिर जिल्लाकाे गढवा गाउँपालिका ५ निवासी ७० बर्षीय देवीबहादुर गिरीको स्थानीय कक्रहवा चिउरीघाट सामुदायिक वनमा सालको रुखबाट खसेर मृत्यु  जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

मृतककाे शव परीक्षणका लागि अहिले लमही अस्पताल लमहीमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए ।

प्रकाशित मिति : २०७५ माघ १० गते बिहिवार