• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानी चेला भरत परियार म्यूजिक अवार्डमा मनाेनयन, भोट गर्न सबैलाई अपिल !


माघ १०,सल्यान ।
सल्यान दमाचाैरमा जन्मिएका गायक भरत परियार लाेक तथा दाेहाेरी गित ‘राप्ती कर्णाली’ बाट नेशनल पावर न्यूज म्यूजिक अवार्डमा उत्कृष्ट नव- गायकको विधामा मनाेनयनमा परेका छन ।

पत्रकार धनराज वास्तविकको लय शब्द रहेको राप्ती कर्णाली बोलको गीत म्युजिक भिडियो निर्देशन शंकर विसिले गरेका छन् । गीतमा विसी र रिना थापा मगरको नृत्य रहेको छ । गीतमा गायक परियार र लोकपिय गायिका रिता के.सी को समुधुर स्वर रहेको छ ।

केही दिन अघि उत्कृष्ट पाँचको मोनयन सार्वजनिक गरिएको थियो । गायक परियारले आफ्नो फेशबुकमा लेखेका छन्- “अत्यन्तै खुसि लाग्यो नेशनल पावर न्यूज म्यूजिक अवार्डलाई धन्यवाद दिन चाहान्छु ।”

गायक परियारले अाफुलाई उत्कृष्ट वनाउनका लागि सबैमा भोट गरि अमूल्य सहयाेग गर्न अपिल गरेका छन । गायक परियारलाई भोट गर्न माेबाईलकाे म्यासेज बक्समा गई NPN १६४ टायप गरि ३८६८७ मा सेन्ड गरेर भाेट गर्न सकिन्छ ।

प्रकाशित मिति : २०७५ माघ १० गते बिहिवार