• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा फरार रहेका एक व्यक्ती साढे ६ बर्षपछि पक्राउ


माघ १०, सल्यान ।
बहु बिबाहमा मुद्दामा दोषी ठहर भई फरार रहेका प्रतीबादीलाई सल्यानमा साढे ६ बर्षपछि पक्राउ गरिएको छ ।

जिल्लाको छाँयाक्षेत्र गर्चे घर भई हाल बाकेको खजुरा गाउपालिका ६ सिमलघारी बस्दै आएका जयराम पुनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । लुकीछिपी बस्दै आएको सुचनाको आधारमा उनलाई बाके जिल्लाको उढरापुर बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रहरीका अनुसार जिल्ला अदालत सल्यानले २०६९ साल असार २१ गते बहुबिबाह मुद्दामा दोषी ठहर गरेर १ बर्ष कैद र ५ हजार जरिवाना सजायको फैसला सुनाएको थियो । पक्राउ परेका पुनलाइ बिहीबार जिल्ला अदालत सल्यानमा उपस्थित गराइ सल्यान कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५ माघ १० गते बिहिवार