• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

४१ वटा सेवाका साथ वाणिज्य वैंक ५४ वर्षमा प्रवेस


तुलसीपुर, माघ १० । राष्ट्रिय वाणिज्य वैंक लिमिटेड ४१ वटा सेवाका साथ अाज (बिहिवार ) देखि ५४ वर्षमा प्रवेस गरेकाे छ ।
नेपालकाे एक नम्वर स्थानमा रहेकाे राष्ट्रिय वाणिज्य वैंकले ५४ अाैं वार्षिकाेत्सवका अवसरमा पुल चाैक, नक्साल र धराण गरि तीन वटा शाखालाई स्मार्ट शाखाका रुपमा विकास गर्ने भएकाे छ । वैंकले हाल विभिन्न ८ शर्षकमा थप स्मार्ट सेवा गरी ४१ वटा सेवा दिदै अाएकाे छ ।
वैंकले निक्षेप सेवा अन्तरगत ७ वटा सेवा, विप्रेसन सेवा अन्तरगत ३ वटा, नया सेवा अन्तरगत ५ वटा सेवा दिदै अाएकाे छ ।

त्यसैगरी व्यवसायिक ऋण सेवा अन्तरगत २ वटा, खुद्रा ऋण सेवा अन्तरगत १३ वटा, कृषि ऋण सेवा अन्तरगत ६ वटा दिदै अाएकाे छ । वैंकले विभिद सेवा अन्तरगत ४ वटा सेवा दिदै अाएकाे छ भने याे वार्षिकाेत्सव वाट स्मार्ट वैंकिङ सेवा दिन पनि शुरु गरेकाे वार्षिकाेत्सव कार्यक्रम संयाेजक एंव तुलसीपुर शाखाका बरिष्ठ सहायक शिशिर राेका क्षेत्रिले जानकारी दिनुभएकाे छ ।

यसै अबसरमा राष्ट्रिय वाणिज्य वैंक शाखा कार्यलय तुलसिपुरले अाफ्नाे ५४ अाैं वार्षिकाेत्सव विभिद कार्यक्रम गरि मनाएकाे छ । वैंकका शाखा प्रवन्धक शंम्भुप्रशाद घिमिरेकाे सभापतित्व तथा तुलसीपुर उद्याेग वाणिज्य वाणिज्य संघका अध्यक्ष विरबहादुर रावत (विरु) काे प्रमुख अाथित्यतामा भएकाे वार्षिकाेत्सवमा शुभकामना अादानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएका छन् ।
कार्यक्रमलाई सम्वाेधन गर्दै प्रमुख अथिति रावतले सेवा विस्तारसंगै सेवामा विश्वस्नियता कायम राख्न वैंकलाई सुझाव दिनुभएकाे थियाे । वैंकले दिने सेवा र राख्ने सर्तमा फेरवदल हुन नहुने पनि उहाले सुझमव दिनुभयाे । कार्यक्रममा वाेल्ने अन्य सहभागिले वैंकले पुर्यएकाे याेगदानकाे चर्चा गर्दै स्मार्ट सेवा दिनु पर्ने र त्याे पनि मुष्कानकासाथ दिन सुझाव दिएका थिए ।
वैकका सहायक प्रवन्धक सुजन दधेलकाे स्वागत मन्तव्य वाट सुरु भएकाे कार्यक्रममा विशिष्ट अथिति देवबहादुर केसी र पुर्व क्षेत्रिय प्रमुख राजकुमार श्रेष्ठले सेवा प्रभावकारी वनाउनमा कुनै कसर वाँकी नराख्ने वताउनु भयाे ।
कार्यक्रममा क्षेत्रिय प्रवन्धक बुद्धप्रकास श्रेष्ट, तुलसीपुर उद्याेग वाणिज्य संघका सस्थापक अध्यक्ष डिल्लिबहादुर वस्नेत, पुर्व अध्यक्ष विमल रिजाल, व्यवसायी गाेकर्ण गिरी, पुर्व कर्मचारी संघका क्षेत्रिय संयाेजक शिव श्रेष्ट, पुर्व कर्मचारी शाेभाराक केसी लगाएतले वाेल्नु भएकाे थियाे ।
कर्मचारी दिपेन्द्र सुनारले सहजिकरण गरेकाे कार्यक्रममा पहिलाे सेवा ग्रहिका रुपमा तुलसीपुर ७ का देवबहादुर केसि, तुलसीतुलसीपुर जयपृथिविकहादुर शाहलाई सम्मान गरीएकाे थियाे ।

कार्यक्रममा उत्कृष्ट सेवा ग्रहिका रुपमा भीष्मबहादुर केसी, नेपाल संस्कृत विश्वविद्यालय तुलसीपुर उप महानगरपालिका, तुलसीपुर नगरविकास, तुलसिपुर फ्लाेर मिल, राप्ती फ्लाेर, सारदा निर्माण सेवा, राप्ती मनि ट्रान्सफर, राप्ती अाखा अस्पताललाई सम्मान गरिएकाे थियाे ।

 

प्रकाशित मिति : २०७५ माघ १० गते बिहिवार