• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

जापानीज नागरिक “युका”, तुलसीपुरमा जापानीज भाषा सिकाउँदै ।


माघ १० , दाङ । जापानीज नागरिक “युका नाकामुरा” ले बुधबार तुलसीपुरमा नेपाली भाषामा जापानको बारेमा विविध विषयमा अभिमुखीकरण तालिम दिनुभएको छ ।

तुलसीपुरमा रहेको भिक्टोरिया टिउसन सेन्टरमा जापानीज भाषा सिकिरहेका विधार्थिहरुलाई उहाँले जापानको कला, संस्कृती, नियम-कानुन लगाएत जापान सरकारको महत्वाकांक्षी योजनाको रुपमा रहेको कामदार भिसाको बारेमा जानकारी दिनुभएको हो । नेपाली भाषा प्रष्ट बोल्न जान्नुभएकी युकाले नेपालमा आएर आफ्नो देशको बारेमा जानकारी दिन पाउँदा खुशी लागेको बताउनुभयो ।

समाजशास्त्रमा पिएचडी गर्न नेपाल आउनुभएकी २८ बर्षिय युकाले हाल दाङमा रहेर थारु जातिमा देखापर्ने “सिकलसेल एनिमिया” रोगको बारेमा सर्वेक्षण गरिरहेको बताउनुभयो ।

सेन्टरका संचालक केशव लामिछानेले विगत लामो समयदेखी तुलसीपुरमा विभिन्न भाषा तथा लोकसेवा आयोगका कक्षाहरु संचालण गर्दै आएको बताउँदै जापानीज र कोरिएन भाषा सम्बन्धित देशका नागरिकहरु बाट अभिमुखीकरण कक्षा संचालण गर्दै आएको बताउनुभयो ।

 

प्रकाशित मिति : २०७५ माघ १० गते बिहिवार