• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

नेपालगन्जबाट जाजरकोट जाँदै गरेको जिप दुर्घटना हुँदा चालक सहित ३ जना घाइते


माघ ११, सल्यान ।

नेपालगन्ज देखि जाजरकोट नलगाड जाँदै गरेको जिप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

नेपालगन्ज बाट जाजरकोट नलगाड नगरपालिका तिर जाँदै गरेको ग १ ज ४८०२ नम्बरको जिप सुर्खेत सिम्ता गाउपालिका वडा नम्बर ६ खहरेखोला नजिकै आज दुर्घटना भएकाे हाे । दुर्घटनामा परि घाइते हुनेहरुमा  जाजरकोट जिल्ला नलगाड नगरपालिका ८ का वर्ष ६० मन बहादुर शाही, साेहि ठाउँ बस्ने वर्ष २९ कि सरस्वती सुनार र जिप चालक जाजरकोट जिल्ला नलगाड नगरपालिका वडा न ८ का वर्ष २४ का प्रेम बहादुर बिक घाइते भएका छन ।

घाइते सबैको मेहेलकुन अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय बादेपिपलका इन्चार्ज श्याम शाहले जानकारी दिएका छ्न । जिप सडक बाट ३० मिटरतल खोलामा गएको छ ।

संकेतिक फाेटाे फाइल

प्रकाशित मिति : २०७५ माघ ११ गते शुक्रवार