• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

डा. केसीका नाममा राजनीति गर्ने दिन अब गए : योगेश भट्टराई


माघ ११, काठमाडौं ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ बहुमतले पारित गरेपछि नेकपाका सांसद् योगेश भट्टराईले १७ दिनदेखि अनसनमा रहेका डा. गोविन्द केसीलाई अनसन तोडेर उत्सव मनाउन सुझाव दिएका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकले पत्रकारसँग कुरा गर्दै अब केसीका नाममा राजनीति गर्ने दिन गएकोसमेत बताएका छन्।

‘डा। केसीले १६ पटकसम्म अनसन बसेर अगाडि सारेका माग पूरा भएका छन्। अब उहाँ अनसन तोडेर उत्साव मनाउन आउनुपर्छ’, सांसद् भट्टराईले भने, ‘अब तपाईं पनि उत्सवका निम्ति तयार हुनुहोस्।’

विधेक पारित भएपछि केसीका शतप्रतिशत माग पूरा भएको भट्टराईको भनाइ छ ‘तपाईंका शतप्रतिशत माग पूरा भएका छन्’ भट्टराईले भने, ‘अब सँगै उत्सव मनाऔं।’ उनले अब जीवनभर केसीले अनसन बस्नु नपर्नेसमेत दाबी गरे।

सँगै सांसद् भट्टराईले कांग्रेसका स्वर्गीय नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना भएका अस्पताल कुनै पनि हालतमा बन्द नहुने विश्वास प्रतिपक्षी दललाई दिलाएका छन्।

प्रकाशित मिति : २०७५ माघ ११ गते शुक्रवार