• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

शौचालयमा बसेकी महिलालाई सर्पले टोकेपछी…


माघ ११, काठमाडौं ।

अस्ट्रेलियामा एउटी महिलालाई शौचालयमा बस्दा सर्पले टोकिदिएको एक सर्प्विज्ञले बताएका छन् ।

ती ५९ वर्षकी महिला हेलेन रिचर्ड्स मङ्गलवार ब्रिस्बेन सहरस्थित आफ्नो नातेदारको घरमा गएका बेला त्यहाँको अँध्यारो शौचालयमा विष नभएको सर्पले उनलाई टोकेको थियो । ती महिलालाई शरीरको तल्लो भागमा कार्पेट पाइथन जातको पाँच फुट लामो सर्पले टोकेपछि घाउ लागेको छ ।

उक्त सर्प समात्ने एक सर्प्विज्ञका अनुसार गर्मीको मौसममा पानी जमेर रहने शौचालयको प्यानभित्र सर्पहरू लुकेर बस्नु सामान्य हो । स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै ती महिला हेलेन रिचर्ड्सले आफूलाई चस्स घोचेको जस्तो अनुभव भएको बताइन् ।

उनले भनिन्– “म शौचालयमा बसेकी मात्रै थिएँ, टोकेकोजस्तो अनुभव भयो । म सुरुवाल तल झारेकै अवस्थामा अत्तालिएर उठेँ र फर्केर हेरेको त शौचालयको प्यानमा लामो घाँटी भएको कछुवा जस्तो लाग्ने जनावर देखेँ ।”
सर्पले टोकेपछि त्यसको घाउमा उनले एन्टिसेप्टिक लगाएको उक्त सर्प समातेकी ज्यास्मिन जेलेनीले भनिन् र कार्पेट पाइथन प्रजातिको सर्प समान्यतया विषालु नहुने बताइन् ।

जेलेनीले भनिन्– “शौचालयको कमोडमा जमेको पानीमा बसिरहेको सर्प, हेलेन रिचर्डस् उक्त कमोडमा बस्दा त्यस्लाई डर लागेर आक्रमण गरेको हुनुपर्छ ।”
प्राय अस्ट्रेलियाको पूर्वी तटमा कार्पेट पाइथन पाइन्छ । ती सर्प विषालु नभए पनि तिनले टोकेमा टेटानसको खोप लगाउन सल्लाह दिने गरिन्छ । बिबिसी

प्रकाशित मिति : २०७५ माघ ११ गते शुक्रवार