• २०७९ असोज ११ गते मङ्गलवार
  • Preeti To Unicode

कालिकोटमा विप्लव नेकपाको सिजन २ अभियान तिव्र गतिमा


माघ ११, कालिकोट ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कालिकोटले जिल्लाको पुर्वी क्षेत्रमा शुरु गरेको सिजन २ अभियानलाई तिव्र रुपमा अगाडि बढाएको छ ।

कालिकोटको भर्ता छाती रहेको जनता आधारभुत बिद्यालयमा शुक्रबार जनसभा गरिएको हो। अर्जुन बिश्क्रर्माको अध्यक्षता, अभियान टोलिका कमाण्डर आर्जन को प्रमुख आतिथ्यता, जिल्ला सेक्रेटरी रणदिप एडिको विषेश आतिथ्यतामा कार्यक्रम सम्पन भएको हो ।

सभामा बोल्र्दै अभियान टोलिका कमाण्डर आर्जनको अभियानको शुरुमै दालाल सरकारको सातो गएको र जनतामा ठुलो आशा पलाएको भन्दै अभियानको अन्तिम चरणमा सरकार अस्तित्व रक्षार संकटमा पुग्ने दाबी गरेका छन ।

उक्त जनसभाले तपेन्द्र बिश्वक्रर्माको अध्यक्षतामा २१ सदस्यीय युवा कमिटि को पनि गठन गरेको नेकपाले जनाएको छ । सभामा कमान ईन्चार्ज रमेश चदारा, शुनिल बिश्वक्रर्मा र शिक्षक संघ कर्णाली ब्यूरो संयोजक निर्भिकको लगायत नेता तथा कार्यक्रताको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०७५ माघ ११ गते शुक्रवार