• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

धनुषामा जन्ती चढेको बसमा करेन्ट लाग्दा ९ जनाको मृत्यु, ३० घाइते


माघ ११, धनुषा ।

धनुषामा जन्ती चढेको बसमा करेन्ट लाग्दा ९ जनाको ज्यान गएको छ भने ३० जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ धनुषाको सबैला नगरपालिका स्थित  बाल्टिया गाउँमा जन्ती चढेको ना ५ ख १७५२ नम्बरको बसले ११ हजार भोल्टेजको करेन्ट प्रवाह भएको विद्युतीय पोलको तार छुँदा सो घटना भएको प्रहरीले जनाएको छ ।
मृतकको संख्या अझैं सक्ने आशंका गरिएके छ । बसमा ४० जनाभन्दा बढी जन्ती सबार थिए ।

मृतकको शव अहिले पनि बस भित्रै छ । बस सिन्धुलीको दुधौलीबाट जन्ती बोकेर धनुषा आइरहेको थियो ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७५ माघ ११ गते शुक्रवार