• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

हिमपातले सल्यानको चामी गाउँमा बिजुलीका पोल ढले


माघ १२, सल्यान ।
सल्यानको छत्रेश्वरी गाउँपालिका १ दमाचौर चामी गाउँमा हिमपातले बिजुलीका पोल ढलेका छन् ।

गएराती परेको निरन्तर हिमपातका कारण बिजुलीका पोल ढलेर तार चुडिएको स्थानीय खिलाल केसीले बताएका छन् । २० ओटा भन्दा धेरै पोल गाडेर बुराँसे देखि लिइएको उक्त विद्युत लाइनमा केही फलाम र केही काठका पोल गाडिएको थियो । काठका पोलमध्य दुईओटा पोल ढलेको उनले बताए ।

करिब १५ घरधुरी भन्दा धेरैले उपयोग गर्दै आएको उक्त विद्युत नेपाल विद्युत प्राधिकरण सल्यानको ७ नम्बर एरीयामा पर्छ । पोल ढल्दा अहिले तार भुईमा लथालिङ्ग भएको छ ।

प्रकाशित मिति : २०७५ माघ १२ गते शनिवार