• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

विप्लव नेकपाको सिजन २ अभियान टोली कालिकोट बाट दैलेख प्रस्थान गर्यो


माघ १२, कालिकोट ।

विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टी कालिकोटले जिल्लाको पुर्वी क्षेत्रमा संचालन गरेको संगठन सुढृडिकरण तथा विस्तार सिजन २ को अभियान टोलि भित्ते लेखन, अन्तरक्रिया छलफल गर्दै शनिबार कालिकोट बाट दैलेख प्रस्थान गरेको छ । दैलेखको पिपलकोटमा कोणसभा गरि आफ्नो अभियानलाई दैलेखमा पनि शुरु गरेको छ ।

कोणसभामा बोल्दै अभियान टोलिका कमाण्डर आर्जन उप्रेदिले काण्डै काण्डले भरिएको सरकारले जन अपेक्षा पुरा गर्न सकेन र जनाताले वैकल्पिक शक्ति रोज्नु पर्ने बताए । कोणसभामा कर्णली व्युरो सदस्य तथा कालिकोट जिल्ला सेक्रेटरि रणदिप ऐडि, कमान नं ६ का ईन्चार्ज रमेश चदारा, शुनिल विश्वकर्मा, महिला संगठनका जिल्ला सदस्य छाया शुनार तथा युवा संगठन जिल्ला सदस्य कल्पना मल्ल लगाएतको सहभागिता रहेको थियो ।

जिल्लामा २ वटा क्षेत्रवाट संचालन भईरहेको अभियान सफलतापुर्वक अगाडि बढिरहेकाले आम नागरिकलाई सहयोग गर्न समेत कर्णालि व्युरो सदस्य ऐडिले अपिल गरेको मुग्राह गाँउ कमिटिका ईन्र्चाज प्रेम धितालले जानकारि दिए ।

प्रकाशित मिति : २०७५ माघ १२ गते शनिवार