• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

पाइलटको प्रेमिकासँग झगडा हुँदा काठमाडौमा बंगाल विमान दुर्घटना भएको निष्कर्ष


माघ १४, काठमाण्डौ ।

सरकारले गत वर्ष फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको यूएस बंगला एअरलाइन्स सम्बन्धि अध्यायन प्रतिवेदन सार्वजनिक गरेको छ । ५१ जनाको ज्यान जानेगरी भएको सो दुर्घटनाको मुख्य दोषी पाइलट क्याप्टेन अविद सल्तान रहेको प्रतिवेदनले निश्कर्ष निकालेको छ । पर्यटन संस्कृति एवं नागरिक उड्डयमन्त्री रविन्द्र अधिकारीलाई अध्यायन समितिले प्रतिवेदन बुझाएको थियो । यज्ञ गौतामको अध्यक्षतामा सरकारले गठन गरेको दुर्घटना जाँचबुझ आयोगले विमानको ब्ल्याक बक्सबाट फ्लाइट डेटा रेकर्डर तथा ककपीट भ्वाइस रेकर्डको अध्यायन गरेर सो प्रतिवेदन तयार पारेको थियो ।

प्रतिवेदनमा पालयट मानसिक रुपमा तनावमा रहेकाले सो दुर्घटना हुन पुगेको निश्कर्ष निकालिएको छ । पाइलटले आफ्ना कुनै पुराना प्रेमिकाको कुरा को–पाइलटसंग गरेर समय समयमा चिच्याएको समेत रेकर्डमा पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । पाइलटले ककपिट भित्रै पटक–पटक चुरोट समेत पिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनले बंगलादेशबाट नेपालका लागि उडान गर्नुभन्दा पहिला क्याप्टेन सुल्तान र उनकी सोही विमान कम्पनीकी कुनै को पाइलट प्रेमिकाबीच झगडा परेको देखिएको औंल्याएको छ । यो प्रतिवेदनका अनुसार सो दुःखद घटना हुनुमा पायलटको मानसिक अवस्था रहेको देखिएको छ ।

विमान काठमाडौं पुगेपछि गुराँस प्वाइन्टबाट जिरो टु मा ल्यान्ड गर्न आउनुपर्नेमा गुराँस प्वाइन्टबाट अन्यत्र लागेको प्रतिवेदनमा उल्लेख गरिएको छ । विमानस्थलको एअर ट्राफिक कन्ट्रोलरले दिएकोभन्दा फरक बाटोबाट विमान ल्याण्ड गर्दा सो दुर्घटना भएको देखिएको छ ।विमानस्थलको जिम्मेबारीमा रहेका कन्ट्रोलरले पाइलटलाई जहाजलाई साउथ जिरो टु बाट ल्याण्ड गर्ने अनुमति दिँदा पाइलटले उत्तर टु जिरो तिरबाट ल्याण्ड गर्छु भनेर उत्तरतिर लागेका थिए । पाइलटले उक्त कुरा भनेपछि जहाजमा केही समस्या हो, भन्दा आई एम ओके भनेको विमानस्थलका अधिकारीहरुले उति बेलै बताएका थिए । ल्याण्ड गर्ने बेला ‘एलाइन्मेन्ट’ नमिलेको कन्ट्रोलरले थाहा पाइसकेका थिए ।

त्यती थाहा पाएपछि जहाज डाइभर्ट गराउनु उपयुक्त हुनेमा अवतरणको अनुमति कन्ट्रोलरले दिनु गल्ति भएको एक आयोगका सदस्यको बुझाई छ कन्ट्रोलरले ल्याण्ड गर्ने बेला पाइलटले रेन्सपोन्स नआएको त्यसपछि जहाज रनवेबाट सिधा ल्याण्ड गर्नुपर्नेमा रनवेबाट दाइनेतिर आएको थियो ।

बम्बार्डिएर डुयास ८–४०० सिरिजको ७२ सिट क्षमताको उक्त जहाज ७१ यात्रु लिएर काठमाडौं आउँदै गरेको अवस्थामा धावनमार्गमा दुर्घटना भएको थियो । दुर्घटनामा ४ जना विमान क्रु मेम्बरसहित ५१ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७५ माघ १४ गते सोमवार