• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

सल्यान पश्चिमको एक घरमा परेको चट्याङले झण्डै साढे ६ लाखको क्षेती


माघ १४ सल्यान ।
सल्यानको पश्चिम क्षेत्रमा रहेको बनगाड कुपिण्डे नगरपालिकाको वडा न ४ देउलिमा शनिबार राति परेको चाट्याङले झण्डै साढे ६ लाख बराबरको क्षेती पुगेको छ ।

स्थानीय झम्पा कुमारी बुढाको घरमा शनिबार राती साढे ९ बजे परेको चट्याङले ६ लाख ४३ हजार ८ सय बराबरको क्षेती भएको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ । चट्याङले ४ कोठे घरको भित्ता ठाउँ ठाउँमा चर्किएका छन् भने १ गोरु र १ वटा भेडा मरेका छन ।

त्यस्तै घरमा भउको एउटा २० वाटको सोलार र एउटा मोबाइल पट्किएको प्रहरी रिपोर्टले बताएको छ । घरमा आमा छोरा भएको र चट्याङले आफुहरुलाई केही नगरेको पीडित झम्पा कुमारी बुढाले जानकारी दिएकी छन् ।

प्रकाशित मिति : २०७५ माघ १४ गते सोमवार