• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

हिमपातले बिछोडिएका दुई घोरलको सल्यान र डोल्पामा उद्धार


माघ १४ सल्यान ।
सल्यानमा स्थानीय युवाहरुले छोपेको जंगली जनावर घोरल (मृग)को उद्धार गरिएको छ ।

जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर ५ को चिसापानीमा युवाहरुले आइतबार छोपेको घोरल (मृग) प्रहरीको पहलमा उद्धार गरि डिभिजन वन कार्यालयका प्रतिनिधीहरुलाइ जिम्मा लगाइएको हो ।

ईलाका प्रहरी कार्यालय रागेचौरका अनुसार उद्धार गरिएको घोरल (मृग) डिभिजन वन कार्यालय सल्यान अन्तर्गतको दार्मा–कुमाख सव डिभिजन मौला हाल्नेमा कार्यरत वन रक्षक रमित खड्का र सिद्धकुमाख–बागचौर सव डिभिजन वन कार्यालय थारमारेमा कार्यरत वन रक्षक सन्तोष ओलिलाई जिम्मा लगाइएको हो । उक्त घोरल सामुदायीक वनमा लगेर छाडिने वन रक्षक खड्काले जानकारि दिएका छन् ।

लगातार परेको बर्षा र हिमपातको करण घोरल बिछोडिएर फेला परेको हुन सक्ने अनुमान गरिएको छ । घोरल सकुशल छ ।

त्यसैगरी डोल्पाको सदरमुकाम दुनैबाट प्रहरीले घोरलको एउटा बच्चाको उद्धार गरेको छ । सोमबार बिहानै दुनै बजारको लाउचा डाँडाबाट पानी पिउन भेरीमा झरेको घोरलको पाठीलाई कुकुरले लखेटिरहेका बेला प्रहरीले उद्धार गरेको हो ।

करिब ६ महिना जतिको घोरलको पाठी भेरीमा हाम फालेपछि त्यहाँबाट निकालेर उद्धार गरि जिल्ला प्रहरी कार्यालयमा सुरक्षित राखिएको छ । कुकुरले लखेट्दा सामान्य चोट लागेको या पाठीलाई उपचारपछि जिल्ला वन कार्यालयमार्फत् वनमा छाडिने प्रहरी नायव उपरीक्षक अबदेश बिष्टले जानकारी दिए ।

निरन्तरको हिमपातले उच्च क्षेत्रमा आहारा छोपिएपछि चरणकै लागि वन्यजन्तु यतिबेला तल झर्ने गर्छन् । त्यहीक्रममा घोरलको पाठीलाई कुकुरले भेट्टाएका हो ।

हिमपातको बेलामा मृग, घोरल, कस्तुरी र डाँफे गाउँसम्म आउने गर्छन् । वन अधिाकरी, निकुञ्जका कर्मचारी र प्रहरीले फेला नपारे मारिने गरेको जिल्ला वन कार्यालयले जनाएको छ ।

घोरल मानिस तथा अन्य पशुहरू जान नसक्ने भीरमा चर्ने गर्दछ । संरक्षित जंगली जनावरको सूचीमा रहेको घोरल केही वर्ष पहिले धेरै पाईने गरेकोमा चोरी शिकारी र वनजंगल विनासका कारण पछिल्लो समय लोप हुँदै जान थालेका छन् ।

प्रकाशित मिति : २०७५ माघ १४ गते सोमवार