माघ १४, कालिकोट ।
पुर्व माओबादी केन्द्रबाट १५ जनाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन ।
नेकपाको संगठन सुदृढ तथा विस्तार अभियान –२ कालिकोट हुदै दैलेखमा तिब्र रुपमा अगाडि बढिरहेका बेला सोमबार दैलेखको पिपलकोटमा पुर्व माओबादी केन्द्रबाट १५ जनाले नेकपामा प्रवेश गरेका हुन । नव प्रवेशहरुलाई अभियान टोलका कमान्डर आर्जन उप्रेदि, कर्णाली ब्यूरो सदस्य तथा कालिकोट जिल्ला सेक्रेटरि रणदिप ऐडि लगाएतको अभियान टोलिले स्वागत गरेको हो ।
अभियान टोलका कमाण्डर आर्जन उप्रेदि, कालिकोट जिल्लाका सेक्रेटरी रणदीप ऐडि, एरिया ईन्चार्ज रमेश चँदारा, दलित मुक्ति मोर्चाका कालीकोट जिल्ला अध्यक्ष सरोज बिश्वक्रर्मा, जिल्ला सदस्य तथा छाप्रे ईन्चार्ज अविरल चँदारा लगाएतको अभियान टोलि गाउँगाउँमा पुगी व्यापक भेटघाट छलफल र विभिन्न कार्यक्रमहरु गर्दै निरन्तर रुपमा अभियानलाई तिब्रता दिईरहेका छन् । अभियान टोलिले आज दैलेख पिपलकोटेमा जनसभा कार्यक्रम सम्पन्न गरेको जिल्ला सदस्य तथा छाप्रे ईन्चार्ज अविरल चँदाराले जानकारी दिए ।
एरिया इन्चार्ज शुनिल बिश्वकर्माको अध्यक्षता, अभियान टोलका कमाण्डर आर्जन उप्रेदिको प्रमुख अतिथ्यता, कालिकोट जिल्लाका सेक्रेटरी मनिलाल ऐडि रणदीपको विषेश आथित्यतामा जनसभा सम्पन भएको हो ।
यसैबिच कालीकोटको नरहरीनाथ गाउँपालिकामा नेकपाको कार्यकर्ता प्रशिक्षण तथा अन्र्तक्रिया कार्यक्रम सम्पन भएको छ । कालिकोटको पश्मि क्षेत्रमा चलिरहेको नेकपाको संगठन सुदृढ तथा विस्तार अभियान –२ ले कार्यकर्ता प्रशिक्षण तथा शिक्षकहरु संगको अन्र्तक्रिया कार्यक्रम सम्पन गरेको हो ।
सोमबार विश्वकुना मावि गोठिमा कुमालगाँउ गाउँ कमिटि ईन्चार्ज संगम वुढाको अध्यक्षता, केन्द्रिय कमिटि सदस्य तथा पुर्व राज्य मन्त्रि नविन विश्कर्माको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख आथिति विश्वकर्माले जनक्रान्ति सम्पन्न गर्नका लागि सम्पुर्ण कार्यक्रतालाई तयारी रहन निर्देशन दिनुभएको अभियान टोलिका सदस्य अमर तिरुवाले जानकारी दिएका छन् ।