• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यानको सशस्त्र प्रहरी गुल्म कर्णाली प्रदेशकै उत्कृष्टमा पर्यो


माघ १५, सल्यान ।
सशस्त्र प्रहरी गुल्म सल्यान कर्णाली प्रदेशकै उत्कृष्ट सशस्त्र प्रहरी गुल्ममा परेको छ ।

विगत ४ महिनदेखि सल्यान सदरमुकाम खलंगाको लुहापिङमा रहेको साविकको जिल्ला वन कार्यालयको सेक्टर वन कार्यालयमा अफिस संचालन गरी बसेको सशस्त्र प्रहरी गुल्म कर्णाली प्रदेशकै उत्कृष्टमा पर्न सफल भएको हो । मंगलबार १८ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सल्यानका सशस्त्र प्रहरी प्रमुख तथा डिएसपी विमल डाँगीले सो कुराको जानकारी दिएका हुन् ।

देशका सातओटा प्रदेशमा एक–एक ओटा उत्कृष्ट सशस्त्र गुल्म छनोट गर्दा कर्णाली प्रदेशमा सल्यानको सशस्त्र गुल्म परेको उनले बताए । भौगोलीक हिसाव र सुरक्षाका हिसावले सल्यानको गुल्म उत्कृष्टमा परेको उनले बताए ।

त्यस्तै उनले सल्यान जिल्लाको सान्ती सुरक्षाका कटीबद्द भएर लाग्ने बताएका छन् । जिल्लामा हुने विपतलाई कम गर्न पुर्व तयारीको लागी आफुहरुले जनचेतनामुलक कार्यक्रमहरु गर्ने र त्यसबाट बच्न विभिन्न जानकारीहरु दिने उनले बताएका छन् ।

आफुहरु प्रत्यक स्थानीय तहमा पुगरे यस्तो काम गर्न सक्ने भएको तर स्थानीय तहसँग समंवन्य गर्नुपर्ने उनले बताए । यसबारे स्थानीय तहहरुले खासै चासो नदिएको उनको दुखेसो छ ।

प्रकाशित मिति : २०७५ माघ १५ गते मङ्गलवार