• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

सल्यान पश्चिममा गहुँ बालिको लागि युरिया मलको अभाव


माघ १६, सल्यान ।
सल्यानको पश्चिम क्षेत्रमा युरिया मलको हाहाकार भएको छ । बनगाड कुपिण्डेको विभिन्न वडाहरुमा किसानले लगाएको हिउँदै गँहु वालिको लागि चाहिने युरिया मलको अभाव भएको छ ।

यतिवेला गहुँ वालिमा प्रयोग हुने मलको अभाव भएको जानकी एग्रोभेटका व्यापारि तथा प्रो प्राइृटर खिमलाल वस्नेतले वताए । किसानको लागि आवश्यक युरियामल पुर्याउन नसकिएको उनको भनाई छ ।

यो समय भनेको किसानलाई खेतबारिमा लगाएको गहुँ वालिमा प्रयोग हुने मलको खाँचो छ । मल अभावले किसानले गहुँ वारिमा मल प्रयोग गर्न नपाएको दुखेसो छ । हिउँदै वर्षासँगै किसानले खेतबारिमा प्रयोग हुने मलको अति नै आवश्यकता छ । भनेजसो मल नपाउँदा किसान निरास वनेका छन् ।

खेतबारि हाल्ने युरिया मल खोज्न थालेको १ हप्ता वढि भयो तर मल नपाउँदा समस्या भएको किसान वुद्धि वुढाको दुखेसो छ । बनगाड कुपिण्डेमा यतीखेर किसानले युरिया मल पाएका छन् ।

बनगाड जीउली, सोरा खोला, माँझकाँडा खोला आसपासका खेतबारिमा लगाएको गहुँको लागि आवश्यक युरिया मल नभएको स्थानीयको दुखेसो छ ।

प्रकाशित मिति : २०७५ माघ १६ गते बुधवार