• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

विप्लव नेकपाले कालिकोटका जनतालाई भन्यो– “एकिकृत जनक्रान्तिमा जुट्न तयार रहनुहोस्”


माघ १६, कालिकोट ।
कालिकोट जिल्लाको कोटबाडामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

संगठन सुदृढीकरण तथा बिस्तार अभियान २ अन्तरगर्त गाउँ कमिटीको आयोजनामा कार्यक्रता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो । प्रशिक्षण कार्यक्रममा बोल्दै पार्टीका केन्दिय सदस्य तथा अभियान टिम कमाण्डर नविन बिश्वक्रर्मा हितमानले सर्वहारा वर्गको विप्लव नेतृत्व अव नेकपाले मात्र गर्न सक्ने भन्दै त्यही अनुसार जनताको माझमा गएर संगठन बिस्तार गर्न अनुरोध गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता बिश्वकर्माले अबको लडाई वर्तमान राज्य व्यवस्था सँग हुने बताए । कार्यक्रममा कालिकोट पार्टी सचिवालय सदस्य बिशाखर जैसि लगाएतको सहभागीता रहेको थियो ।

नेताहरुले प्रशिक्षण दिदै सम्पुर्ण कार्यकर्ता र पार्टी सदस्य हरूलाई एकीकृत जनक्रान्तिमा तयार रहन आवन गरेका छन् ।

प्रकाशित मिति : २०७५ माघ १६ गते बुधवार