• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

कोठाको चुकुन लगाएको भन्दै सल्यानमा एक शिक्षकले गम्भीर घाईते हुनेगरी विद्यार्थी कुटे


माघ १७, सल्यान ।
सल्यानमा एक शिक्षकले गम्भीर घाईते हुनेगरी विद्यार्थी कुटेका छन् ।

जिल्लाको कुमाख गाउँपालिका २ रुमाल गाउँमा रहेको नारायण माविमा कक्षा १० मा अध्यानरत छात्र राजु हमाललाई सोहि विद्यालयका शिक्षक हिम बहादुर बुढाले गम्भीर घाईते हुनेगरी कुटपिट गरेका छन् । एसइइको तयारीका लागी कोठा लिएर पढ्दै गरेका विद्यार्थीलाई बुधबार कोठामै गएर शिक्षकले बाँसको लठ्ठी भाँचिने गरी कुटेको पीडित विद्यार्थीका बुबा गनेश हमालले लेकाली अनलाइनलाई बताए ।

अहिले घाईते विद्यार्थीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । उनको स्वास्थ्यमा थप समस्या देखिएकाले बाहिर रिफर गर्नुपर्ने तयारी भएको पारिवारिक श्रोतले जनाएको छ ।

यता विद्यालयका प्रधानध्यापक देवेन्द्र रावते विद्यार्थीलाई शिक्षकले कुट्ने मानसिकता बनाएरै कुटेको बताएका छन् । टिउसन पढ्ने विद्यार्थी घर जाँदा विद्यालय कोठामा ढोकाको चुनुन लगाएको तर शिक्षक भित्र थुनिएका थिए । त्यहि भित्र थुनिएको रिकको झोकमा विद्याथीको कोठामै पुगेर शिक्षकले कुटेको प्रअ रावतले बताए ।

लेकाली अनलाइनसँग कुरा गर्दै उनले भने– “टिउसन कक्षा सकिएपछि विद्यार्थीहरु सबै बाहिर निस्कीए । अन्तिममा रहेका विद्यार्थी राजु हमालले ढोकाको चुकुन लगाए, तर भित्र शिक्षक छन् भन्नेबारे उनलाई थाहा थिएन । चुकुन लगाएपछि शिक्षक थुनिनु भएछ ।” त्यहि थुनिएको रिसमा पछि विद्यार्थीको कोठामा गएर शिक्षकले कुटेको उनको भनाई छ ।

विद्यार्थीले चुकुन लगाउने मानसिक नलगाएको भन्दै प्रअ रावतले भने– “विद्यार्थी एकदमै सोझो हो, अन्जानमा चुकुन लगाएकै कारण विद्यार्थी कुट्नु शिक्षकको गल्ती हाे ।”
यसबारे विद्यालयमा बैठक बसालेर शिक्षकलाई कारबाही हुने प्रधानध्यापकले बताएका छन् ।

प्रकाशित मिति : २०७५ माघ १७ गते बिहिवार