• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

निवेदन परेपछी सल्यानको छत्रेश्वरी मन्दिर पुग्ने सडक निर्माणको काम रोकियाे


माघ १७, सल्यान ।

सल्यानको छत्रेश्वरी शक्तिपिठ छायाक्षेत्र मन्दिर प्रवेश गर्ने प्रमुख सडकको निर्मानाधिन काम रोखिएको छ ।

गाउँपालिकाको वडा नम्बर ६ स्थित शंखमुल हुदै छत्रेश्वरी मन्दिर जोडने करिब ४ किलोमीटर सडक निर्माणको काम डिभिजन वन कार्यालय सल्यानले रोक्न आदेश दिएको हो । वडा नम्बर ५ निवासी दिपेन्द्र प्रकाश कुंवरले सडक निर्माण कार्य रोक्न भनी डिभिजन कार्यालयमा निवेदन दिएका कारण उक्त सडक निर्मााणको काम रोखेको डिभिजन वन कार्यालय सल्यानका कर्मचारी युबराज पोख्रेलले बताएका छन् ।

निबेदन दिएका कुवरले हजारौको संख्यामा रुख काटेर बाटो बनाउन लागिएकोले बाटो निर्माण कार्य रोख्न र कार्बाही गरि पाउ भनी डिभिजन वन कार्यालय सल्यानमा उजुरी सहितको निबेदन पेस गरेका थिए । तर सडक निर्माणका क्रममा ठुला रुख नढलेको र साना साना बुटाहरु मात्रै न्यून रुपमा ढलेको गाउँपालिकाले दाबी गरको छ ।

सतिदेविको अन्तिम अंगपतन भएको क्षेत्रका रुपमा परिचित धार्मिक तथा पर्यटकिय स्थलको विकास गर्ने तथा मन्दिर सम्म पुग्ने पुरानो मोटरबाटो साघुरो र यातायातका साधनहरु आवत जावतमा समस्या देखिएपछि गाउँपालिकाले आफ्नै बजेटबाट सडकलाई ११ मिटर चौडाह बनाउने कार्यको सुरुवात गरेको थियो ।

बाटोको काम रोखिएपछि सवारी साधन लिएर मन्दिर पुग्ने भक्तजनहरुले सास्ती भोक्नु पर्ने अबस्था पहिले जस्तै हुने देखिएको छ । बाटोमा ठुला ठुला ढुङ्गा तथा माटो भयका कारण मन्दिर सम्म मोटर साईकल सम्म पुग्न सकेका छैनन भने भक्तजनहरु हिडेरै मन्दिर पुगेका छन ।

त्यस्तै गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले काम रोक्नलाई वनका कर्मचारी सडक निर्माण स्थलमै आएका र आफुले सम्मान पुर्वक काम रोकेको बताएका छन् । उनले भने– “हामीले मन्दिर सम्म पुग्ने भक्तजन हरुलाई यातायातमा सहज होस भन्ने उदेश्यका साथ बाटो चौडाह बनाउन लागेको काममा वन कार्यालयले गरेको अबरोध निन्दनीय छ ।”

हजारौ भक्तजनलाई सहज र सुरक्षीत यातायातको लागि सडक बनाउदा भएको अबरोध प्रती स्थानीयले पनि बिरोध जनाएका छन । स्थानीयहरुले तत्काल गाउँपालिकालाई बाटो खन्ने कार्यमा अबरोध नगर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७५ माघ १७ गते बिहिवार