• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

बंगलाचुली गाउँपालिका दाङको बिकट क्षेत्रमा पर्ने भएकाले प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री पोख्रेल


माघ २०, दाङ ।

बंगलाचुली गाउँपालिका दाङको बिकट क्षेत्रमा पर्ने भएकाले यस क्षेत्रको विकासका लागि प्रदेश सरकार गम्भीर रहेको प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले बताएका छन् ।

शनिबार दाङको बंगलाचुली गाउँपालिकाको चौथो गाउँसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले प्रदेश सरकारले दाङका बिकट बस्तिका नागरिकले परिबर्तनको अनुभुती गर्ने गरि काम गर्ने बताएका छन् । उनले बिकासलाई सबै राजनीतिक दलले साझा मुद्दा बनाउनुपर्ने समेत बताए ।

जुनपार्टीले चुनाब जितेपनि पाँच बर्षे कार्यकालमा सबै राजनीतिक दलले बिकासलाई साझा मुद्दा बनाएर अघि बढेमा नेपाललाई समृद्ध बनाउन सकिने बताए । अहिले मुलुक संक्रमणकालीन अबस्थामा रहेको भन्दै तीनै तहको सरकारले कानुन निर्माणलाई पूर्णता नदिदासम्म परिवर्तन संस्थागत हुन नसक्ने समेत बताए ।

 

प्रकाशित मिति : २०७५ माघ २० गते आइतवार