• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानकाे बागचौरमा १६ दिने होजेरी तालिम सम्पन्न


माघ २०, सल्यान ।

बागचौर नगरपालिका वडानं.२ को आयोजनामा भएको १६ दिने होजेरी तालीम शनिबार एक कार्यक्रमका विच सम्पन्न गरिएको छ ।

समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले महिलाहरुलाई सीप मुलक तालिम सिकेर ब्यवसायी बन्न अनुरोध  गरेका छन् । स्थानीय स्तरमा आयमुलक सिप सिकाउन नगरपालिका तत्पर रहने र त्यसलाई ब्यवहारमा लागु गर्न, बागचौर नगरपालिकाका सम्पुर्ण वडाका महिलाहरुलाई अनुरोध गरे ।

स्थानीय सरकारको प्रतिनिधित्व हुने गरि जनतालाई सिंहदरबारको अधिकार आफ्नै घर आगनमा दिलाउनको लागी बागचौर नगरपालिका हरबखत लागी रहेको र लागी रहने समेत नगर प्रमुख बुढाथोकीले बताए ।

कार्यक्रमका बिशिस्ट अतिथि कुमाख गाउँपालिकाकी अध्यक्ष दिलमाया बुढाले देश निर्माणमा महिलाहरूको महत्त्वपूर्ण भुमिका रहने बताइन् । स्थानीय सरकारले महिलाहरूलाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भुमिका खेलेको उनले बताइन् । उनले आफ्नो गाउँपालिका भित्रपनी महिलाहरूलाई सिपमुलक तालिमहरु दिरहेको बताइन् ।

समापन कार्यक्रममा बागचौर नगरपालिकाकि उप प्रमुख कल्पना पुन, प्रमुख प्रशासकीय अधिकृत भीष्मा कुमार मल्ल लगाएतकाको उपस्थिति रहेको थियो ।

माघ ४ गतेदेखि बागचौर नगरपालिकाको आर्थिक सहयोग र वडानं २ को आयोजनामा भएको होजेरि बनाई तालिममा वडानं.२ का एकसय, पँचास जना महिलाहरुको सहभागीता रहेको थियो । वडानं.२ का वडा अध्यक्ष घनश्याम शर्माको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०७५ माघ २० गते आइतवार