• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

छत्रेश्वरी गाउँपालिका अध्यक्षले दिए सल्यानका ९ स्थानीय तह विरुद्व वन मुद्दा !


माघ २०, सल्यान ।
छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले सल्यानका अन्य ९ वटा स्थानीय तहलाई रुख काटेर सडक निर्माण गरिरहेको भन्दै डिभिजन वन कार्यालयमा निवेदन दर्ता गराएका छन् । आफ्नो गाउँपालिकाले छत्रेश्वरी मन्दिरको विकासका लागी सडक खन्दा थोरै रुख काटिदा काम रोकिएको भन्दै अध्यक्ष केसीले अन्य स्थानीय तहको पनि काम रोक्नुपर्ने बताए । उनले छत्रेश्वरी गाउँपालिका बाहे अन्य सल्यानका सबै स्थानीय तहलाई मुद्दा दिएका हुन् ।

छत्रेश्वरी शक्तिपिठ छायाक्षेत्र मन्दिर प्रवेश गर्ने प्रमुख सडकको काम रोक्न भन्दै परेको निवेदन नक्कली भएको खुलेपछि आइतबार डिभिजन वन कार्यालय सल्यानमा आक्रोश रुपमा आएका उनले रुख काटेर सडक बनाउने समस्या सबै तहमा भएको भन्दै काम रोके सबैको रोकिनु पर्ने बताए । आफ्नो काममा नक्कली व्यक्तीले निवेदन दिदा काम रोकिएको भन्दै आफु सक्कली व्यक्तीले निवेदन दिएको र काम रोकिनुपर्ने बताएका छन् ।

उनले भने– “अन्य स्थानीय तहले थुप्रै रुख काटेर सडक तथा भ्युटावर बनाइरहेका छन्, वन कार्यालय टुलुटुल बसेको छ । तर हामीले मन्दिर विकासको लागी २० देखि २५ वटा रुख काट्दा नक्कली निवेदनका आधारमा काम रोकिन्छ ?” सबै स्थानीय तहको काम रोकिएपछि निष्कर्षको निच्योड निस्कने उनले बताए ।

यस बिषयमा आफुहरुले अध्यक्ष केसीको पत्रका आधारमा सबै स्थानीय तहलाई काम रोक्न आग्रह गर्ने डिभिजन वन कार्यालय सल्यानका अधिकृत थीर बहादुर कार्कीले बताए । उनले त्यस बिषयमा छानविन गरी आफुलाई अटेरी गरेमा माथिल्लो निकायमा खबर गर्ने बताएका छन् ।

आफुले कानुन अनुसार काम गरेको तर नक्कली कृर्ते आउदा दुख लागेका उनले बताए । सामान्य व्यक्तीले दिएको उजुरीका आधारमा आफुले कारबाही प्रकृया अगाडी बढाउने गरेको उनको भनाई छ ।

हेर्नुहाेस् निवेदन

याे पनि पढ्नुहाेस्

सल्यान छत्रेश्वरीको सडकमा मुद्दा हाल्ने व्यक्ती नक्कली

प्रकाशित मिति : २०७५ माघ २० गते आइतवार