• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा एक भ्रष्टाचारीलाई प्रहरीले १८ बर्ष पछि पक्राउ गर्यो


माघ २०, सल्यान ।

भ्रष्टाचार मुद्धामा दोषी ठहर भइ फरार रहेका एक व्यक्ती सल्यानमा १८ बर्ष पछि पक्राउ परेका छन ।

जिल्लाको शारदा नगरपालीका वडा नम्बर १ पटनेरीका ६१ बर्षीय केशब बहादुर खडकालाई प्रहरीले १८ बर्ष पछि प्रकाउ गरेको हो । खडकालाई दाङको तुलसीपुरमा लुकिछिपी बसेको अबस्थामा फेला पारी गत बिहिबार प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

उनलाई २०५७ साल फागुन २६ गते भ्रष्टाचार मुद्धामा ५० हजार ९ सय ६ रुपैया ६६ पैसा जरिवाना तोकीएको थियो । उनलाई १८ बर्ष पछि प्रहरीले प्रक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला अदालत सल्यानमा आबश्यक कारवाहीका लागी बुझाईएको प्रहरी जनाएको छ ।

प्रकाशित मिति : २०७५ माघ २० गते आइतवार