• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

आफ्नो श्रीमती सँग अनैतिक सम्बन्ध राखेको भन्दै सल्यानमा पर-पुरुषकाे हत्या गरेपछि…


माघ २०, सल्यान ।
बिवाहमा निम्ता दिन गएका आफन्तको हत्या गर्ने शिद्धकुमाख गाउँपालीका वडा नम्बर २ टाकुराका सालीक राम चलाउने लाई आज प्रहरीले अदालतमा पेस गरेको छ ।

यही माघ ४ गते चलाउनेले बिवाहको निम्ता दिन गएका बेला सोही ठाउँ सालघारी निबासी ४२ बािर्षय एभान बोहरालाई आफनै घरमा हतौडा प्रहार गरी हत्या गरेका थिए । श्रीमति सँग अनैतिक सम्बन्ध रहेको शंका गरी बोहराको टाउकोमा हतौडा प्रहार गरी हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

छोराको विवाहको निमनत्रणा दिन गएको बेला आफनी श्रीमति सोल्टीना नाता पर्ने सँग कुराकानी गर्दै रोटी खाईरहेको बेला बिगद लामो समय देखि अनैतिक सम्बन्ध रहेकाले शंकाको भरमा हतौडा प्रहार गरी हत्या गरेको प्रहरी समक्ष चलाउनेले स्वीकार गरेको प्रहरी प्रमुख डिएसपि बिरेन्द्र बहादुर शाहीले जानकारी दिए ।

उनी घटना लगतै फरार भै कुमाख लेख टावर मुनिको जगंलमा लुकीछिपि भागिरहेको अबस्थामा ८ घण्टा पछि प्रक्राउ गरी सम्पुर्ण अनुसन्धान सम्पनन गरी कारागार चलान गरिएको प्रहरी प्रमुख शाहीले जानकारी बताए ।

प्रकाशित मिति : २०७५ माघ २० गते आइतवार