• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

कृष्ण ओली र बुद्धिमान कवरका लागि सल्यान शिवजनका विद्यार्थीले ८५ हजार सहयाेग उठाए


माघ २१, सल्यान ।
सल्यानका विद्यार्थीहरुले करेन्ट लागेर हात खुट्टा गुमाएका बुद्धिमान कवर र कृष्ण ओलीका लागि सहयोग रकम जम्मा गरेका छन् ।

जिल्लाको सितलपाटीमा रहेको शिवजन माविमा आइएसीजीमा विद्यार्थीहरुले दुवै पीडितका लागि सहयोग रकम संकलन गरेका हुन् । आफ्नो दैनिकी कामलाई कटाएर ८ दिनसम्म विद्यार्थीहरुले जिल्लाको विभिन्न ठाउँमा गई ८५ हजार ७० रुपैया रकम संकलन गरेका हुन् ।

किरण बस्नेत र ऋषि चन्दको अगुवाईमा तथा विद्यालयका विभिन्न विद्यार्थीको सहकार्यमा संकलन गरिएको उक्त रकमलाई सोमबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो । शारदा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नवराज बुढाथोकीलाई हस्तान्तरण गरिएको उक्त रकमलाई सम्बन्धीत व्यक्तीसम्म पुर्याउन विद्यालयका प्रधानध्यापक हिरालाल नेपालीलाई जिम्मा दिइएको छ ।

समाजिक संजालमा दुवैकाे पिडा देखेपछि उनिहरुले यस्ताे अभियान थालेकाे बताएका छन् । संकलन गरिएकाे रकममध्य ३० हजार कृष्ण ओलीलाइ र बाँकी सबै बुद्धिमान कवरलाइ दिने बताएका छन् । अन्य ठाउँमा कृष्णकाे लागि धेरै रकम उठेकाे र बुद्धिका लागि थाेरै उठेकाे भन्दै यस्ताे गरिएकाे विद्यार्थीहरुले बताएका छन् ।

को हुन बुद्धि र कृष्ण
सल्यान बनगाड कुपिन्डे ८ मा जन्मिएर हाल बसाइ सराइ गरी बांकेको बैजनाथ ८ करेलीभागमा बस्ने बुद्धिमान कवर हुन् । उनको करेन्ट लागेर दुई हात र दुई खुट्टा गुमेका छन् । उनी कामको सिलसिलामा भारतको सिम्ला गएको बेला करेन्ट लागेर सबै हातखुट्टा गुमाउन पुगे । उनको अहिले कृतिम हात र खुट्टा जोड्ने उदेश्यले सहयोग रकम उठाउन थालिएको हो ।

विद्युत विस्तारको क्रममा करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका कृष्ण वलीको घर रुकुमको सानीभेरी गाउँपालिकामा पर्छ । उनि अहिले २१ बर्षका छन् ।
गएको जेठ २५ गते विद्युत लाइन विस्तार गर्ने क्रममा दाङको तुलसीपुर–१३, मा करेन्ट लाग्दा वलीले एउटा खुट्टा र दुवै हात गुमाएका थिए । उनलाई धेरै माया गर्ने उनकी श्रीमती रुपा ओलीका कारण सामाजिक संजालमा धेरैको मन उनितिर तानेको छ ।

सहयोगी विद्यार्थी सिवजनले जन्माएकोमा गर्व
एउटालाई दुख पर्दा अर्काेले सहयोग गर्ने संस्कार बसालेको भन्दै सबैले शिवजन माविले राम्रा विद्यार्थी जन्माएको भन्दै गर्व गरेका थिए । कार्यक्रममा बोल्ने अधिकांसले पैसा सानो ठुलो भएपनि सहयोगी संस्कारको सुरुवात भएको बताएका थिए ।

शिवजन जस्तै अन्य विद्यालयमा पनि सहयोगी मन भएका विद्यार्थीहरु हुन आवश्यक भएको कार्यक्रममा बोल्नेहरुको तर्क थियो । मन्दिर धाएर धर्म नहुँने भन्दै अपांग तथा असायहरुलाई सहयोग गरे धर्म हुने कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रमलाइ शारदा नगरपालिका १ का वडा अध्यक्ष नवराज बुढाथोकी, शारदा नगर शिक्षा शाखाका प्रमुख विर बहादुर सेजवाल, रेडियो तहल्काका स्टेशन म्यानेजर डिल्लीराज रावत, विद्यालयका प्रधानध्यापक हिरालाल नेपाली, शिक्षक अविभावक संघका अध्यक्ष क्षेत्र बहादुर वि.क लगाएतले सम्बोधन गरेका थिए । विद्यार्थी ऋषि चन्दको सभाअध्यक्षतामा सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य किरण बस्नेतले राखेका थिए भने संचालन सिर्जना देवकोटाले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७५ माघ २१ गते सोमवार