• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

विप्लव नेकपाको सल्यान झिम्पे गाउँ कमिटी गठन


माघ २१, सल्यान ।
नेत्र विप्लव चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यान भिम्पे गाउँ कमिटी गठन गरिएको छ ।

नेकपाको संगठन विस्तार तथा सुदृढिकरण अभियान अन्तरगत सोमबार छत्रेश्वरी गाउँपालिका ४ झिम्पेमा गाउँ कमिटी गठन गरिएको हो । खिमलाल पुनको सेक्रेटरीमा ७ सदस्य कमिटी निर्माण गरिएको नेकपा सल्यानले जनाएको छ ।

सदस्यहरुमा चुडामनी केसी, डम्बर खड्का, रुपलाल खत्री, टिकाराम खड्का, रमिता डिसी सुरेन्द्र ओली तलाएत रहेका छन् ।

भेलालाई प्रमुख अतिथीको रुपमा दैलेख जिल्ला इन्चार्ज विवेकले सम्बोधन गरेका थिए । भेलामा छत्रेश्वरी गाउँपालिका इन्चार्ज टोप बहादुर केसीको बिशेष उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०७५ माघ २१ गते सोमवार