• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

अब सल्यान आधुनिक बन्छ : सांसद बस्नेत


माघ २२, सल्यान ।
पुर्व मन्त्री तथा प्रतिनिधि सभाका सांसद टेक बहादुर बस्नेतले सल्यान अब आधुनिक बन्ने बताएका छन् ।

मंगलबार सल्यान उद्योग वाणिज्य संघको २४ अौँ जन्मोत्सव तथा ८ अौँ बार्षिक साधारण सभामा बोल्दै सांसद बस्नेतले सल्यानले सडक, विद्युत, खानेपानी लगाएतमा फड्को मारेको भन्दै आधुनिक सल्यान बन्न लागेको बताएका हुन् । उनले कयौं बर्षको मेहनत पनि सल्यानले ३३ केवी विद्युत लाईन संचालन गरेको भन्दै गर्व गरेका छन् । उक्त विद्युत लाइनको अागामी फागुनमा संघिय उर्जा तथा जलस्रोत मन्त्रीबाट उद्घाटन गर्ने उनले बताए ।

राप्ती राजमार्गले पनि अब फड्को मार्ने उनले दाबी गरेका छन् । उनले भने- ” २०५६ सालमा कुटो, कोदालोले खनेको बाटो अब अाधुनिक बन्छ ।” त्यसको लागि दुई लेन सडक बनाउने उनले आश्वासन बाडेका छन् ।

राप्ती राजमार्ग डोल्पाको सदरमुकाम सम्म जोडिने भएकोले अब अाधुनिक बन्ने उनले बताए । ४९ करोडले मात्रै राप्ती राजमार्ग अाधुनिक नहुने भन्दै उनले त्यसमा थुप्रै बजेट थप्नु पर्ने बताए ।

राप्ती राजमार्गको स्थर उन्नति र दुई लेनको लागि अाफुले केन्द्रमा पहल गरेको बताए । उनले भने- “यो राजमार्गमा धेरै दुर्घटना भएका छन्, यसलाई मैले डेन्जर सडकको रुपमा केन्द्रमा रिपोर्टिङ गरेको छु ।”

अहिले जिल्लाका प्रत्येक वडाहरुमा खानेपानी समेत पुग्न लागेको भन्दै उनले अाधुनिक सल्यान बन्न लागेको बताए । अझै विकासको लागि संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकार एकबद्द भएर लाग्ने उनले बताए ।

प्रकाशित मिति : २०७५ माघ २२ गते मङ्गलवार