• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

“सल्यान सुनले भरिएको जिल्ला हो, त्यसलाई प्रसोधन गर्नुहाेस्”- पुर्व अध्यक्ष ढकाल


माघ २२, सल्यान ।

नेपाल उद्योेग वाणिय महासंघका पुर्व केन्द्रीय अध्यक्ष चण्डीराज ढकालले सल्यान सुनखानी जस्तो जिल्ला भएको बताएका छन् ।

सल्यान उद्ययोग वाणिज्य संघको २४ औँ जन्मोत्सव तथा ८ औँ साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व अध्यक्ष ढकालले सल्यानमा थुप्रै सम्भावनाहरु भएपनि प्रसोधन हुन नसकेको बताएका छन् । उनले सुन जस्तै महंगा जडिबुटी, फलफुल तथा तरकारी सल्यानमा उत्पादन हुने बताए ।

उत्पादन भएका बस्तुलाई जिल्लामा प्रसोन गरेर बाहिर निर्यात गर्न सके सल्यानले ठुलै आर्थिक फड्को उनले बताए । त्यसका लागी स्थानीय सरकारले योजना बनाउनु पर्ने उनको भनाई छ ।

बाहिरबाट लगानी गर्न आउनेलाई लगानी गर्ने वातावरण बनाउन पनि उनले स्थानीय सरकारलाई आग्रह गरेका छन् । सल्यानमा टिमुर, अदुवा, सुन्तला, तरकारी प्रसस्त मात्रामा पाउने भन्दै उनले त्यसको बजारीकरण राम्रो हुनुपर्ने बताए ।

कार्यक्रममा प्रतिनिधि सभाका सांसद टेक बहादुर बस्नेत, कर्णाली प्रदेशका अर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, प्रदेश सांसद गुलाव जंग शाह, नेपाल उद्योग वाणिज्य संघका विभिन्न केन्द्रीय सदस्यहरु, जिल्लाका विभिन्न स्थानीय तहका प्रमुखहरु, व्यापारी, पत्रकारहरुको उपस्थिती रहेको थियो ।

सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष बिर बहादुर चलाउनेको सभा अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव भरत बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०७५ माघ २२ गते मङ्गलवार