• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा जुत्ता नलगाएर गाडी चलाउने ड्राइभरलाई कारबाही, अटोमा फलामको डण्डी !


माघ २३, सल्यान ।
सल्यानमा जुत्ता नलगाएर सवारी साधान चलाउने चालकहरुलाई कारबाही गर्न थालिएको छ । चप्पल लगाएर गाडी चलाउदा खुट्टाको पैतला चिप्लने र भनेको समयमा गाडीको ब्रेक लगाउन गाह्रो हुनेभएकाले यस्तो कार्यको थालनी गरिएको खलंगाका ट्राफिक प्रहरी जवान खेम केसीले लेकाली अनलाइनलाई बताए ।

उनका अनुसार खलंगा–श्रनिगर रुडमा चल्ने सवारी साधनका चालकहरुलाई सचेत बनाइएको र अटेरी गर्नेहरुलाई जरिवाना गरिन्छ । जरिवाना तिर्नुपर्छ भन्दै चालकहरु पनि सचेत भएर जुत्ता लगाउने गरको उनले बताए ।

त्यस्तै जिल्लामा संचालित अटो रिक्साको दायाँभातिर फलामको डण्डी राख्न थालिएको छ । यात्रुहरु दायाँ भागतिरबाट चढ्दा तथा ओर्लदा दुर्घटना बढ्ने भएकाले यस्तो कार्य गरिएको ट्राफिक प्रहरी जवान केसीले बताए । अहिले अटो रिक्सामा पनि अधिकांसले फलामको डण्डी राखेको र नराख्नेलाई पनि राख्न भनिएको उनले बताए ।

प्रकाशित मिति : २०७५ माघ २३ गते बुधवार