• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा एक विद्यालयको फिल्ड जोखिमपुर्ण, फिल्डको भिरबाट लडेर विद्यार्थी घाइते


माघ २३, सल्यान ।
सल्यानमा एक विद्यालयको प्राङ्गन जोखिमपुर्ण हुँदा विद्यार्थीहरु जोखिम मोल्दै आएका छन् ।

जिल्लाको दार्मा गाउँपालिका ५ भालुमारेमा रहेको जनकल्यान आधारभुत विद्यालयको प्राङ्गन को छेउमा ठुलो भिर हुँदा बालबालिकाहरु छेउबाट लड्ने गरेका छन् । मंगलबार मात्रै विद्यालयको फिल्डको छेउबाट ५ बर्षीय बालक लडेर घाईते भएका छन् ।

कक्षा एकमा अध्यान गर्ने दिपक केसी फिल्डको छेउबाट लडेर घाईते भएको विद्यालयले जनाएको छ । ती बालक लडेर थोरै तलसम्म खसेपनि ठुलो दुर्घटनाबाट बचेको प्रधानध्यापक मान बहादुर केसीले लेकाली अनलाइनलाई जानकारी दिए ।

फिल्डको छेउमा ठुलै भिर भएको र साना बालबालिकालाई त्यता जान रोकेपनि अन्जानमा गइहाल्ने उनले बताए । अन्जानमा फिल्डको छेउमा जाँदा बालबालिका लड्ने गरेको उनको भनाई छ ।

दुर्घटना रोकथामको लागि तारबार गर्नुपर्ने उनले बताए । विद्यालय निजी श्रोतबाट संचालन भउकाले तारबार गर्न पनि आर्थीक समस्या भएको उनले बताए ।

फिल्ड तारबारको लागी आफुले गाउँपालिकामा आग्रह गरेको पनि उनले बताएका छन् । अहिले उक्त विद्यालयमा २ सयभन्दा धेरै विद्यार्थीहरुले अध्ययान गर्ने गर्दछन् ।

प्रकाशित मिति : २०७५ माघ २३ गते बुधवार