• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

शिविरमा सुर्खेत, सल्यान र जाजरकाेटका ५ सय ५३ जनाकाे स्वास्थ्य चेकजाँच गरियाे


माघ २५, सल्यान ।

सुर्खेतको सिम्ता गाउपालिकाको वडा नम्बर ३ को बाखर्क श्रीजनबजारमा स्थानीय जनता सङ्ग सिम्ता गाउपालिका भने मुल नाराका साथ शुक्रबार एक दिने नि शुल्क आयुर्वेद स्वास्थ शिविर सम्पन्न भएको छ ।

सिम्तागाउपालिकाको आर्थिक सहयोग तथा सिम्ता आयुर्वेद स्वास्थ शाखाको आयोजनामा कार्यक्रम सन्चालन भएको थियो । शिविरबाट ५ सय ५३ जनाले सेवा लिएका छन् । जसमध्य २यस ४७ जना पुरुष र ३ सय ६ जना महिला सहभागी भएको आयुर्वेद शाखा सुम्ताका औषधलाय प्रमुख प्रकाश यादवले जानकारी दिए ।

स्वास्थ शिविरमा सिम्ता गाउपालिका लगाएत छिमेकी जिल्ला सल्यान, जाजरकोटका बिरामी सहभागी भएर निशुल्क स्वास्थ चेकजाँच गरेका छन । आयुर्वेद स्वास्थ कार्यालय सुर्खेतका डा शङ्कर रिजाल, श्रीराम आचार्य, कविराज निरीक्षक लगाएतले डाक्टरहरुले बिरामी स्वास्थ चेकजाँच गरेका थसए ।

चेकजाँचको क्रममा ग्यास्टिक, बाथरोग, महिनावारी गडबडी, तल्लो पेट दुख्ने लगाएको समस्याका बिरामीहरु रहेका थिए भने सम्पुर्ण बिरामीहरुलाइ निशुल्क औषधि वितरण गरिएको थियो । ३ न वडा अध्यक्ष नहकुल बुढाले आफुहरुले स्थानीय चुनावमा जनता सङ्ग गरेको बाचा अनुसार नै स्वास्थ शिविर सन्चालन गरेको र यसबाट स्थानीय जनता लाभान्वित हुनुका साथ सेवा लिएको अध्यक्ष बुढाले बताए ।

प्रकाशित मिति : २०७५ माघ २५ गते शुक्रवार