• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा प्रयोग नहुँदै विद्यालयकाे भवन जिर्ण बन्याे


माघ २५, सल्यान ।

सल्यानको बनगाड कुपिण्डे घाँजरीपिपल वडा नम्बर ७ मा रहेको कृष्ण मावि लेखसग्रहिको नयाँ भवन प्रयोग विहिनका कारण जिर्ण वन्दै गएको छ ।

घाँजरीपिपल गाविसको आव २०६३।०६४ को ९ लाख २५ हजारको लागतमा निमार्ण भएको ६ कोठे भवन विद्यालय स्थाननान्तरण विवादका कारण प्रयोग नभए पछि भत्कने अवस्थामा पुगेको छ । साविक घाजरिपिल गाविस वडा ७ बाट घाँजरीपिपलको वडा ५ मैदुपोखरीमा कृष्ण मावि सार्ने निर्णय अनुसार उक्त ६ कोठे भवन निमार्ण गरिएको थियो ।

भवनको लागि जग्गा दान गरेका समाज सेवि राम वहादुर वुढाका अनुसार विद्यालय मैदुपोखरीमा सार्ने भनेर सर्वपक्षिय र सर्वदलिय सहमति भए अनुसार आफुले निशुल्क जग्गा दान गरेको बताए । गाविसले ठुलो वजेट विनियोजन गरि भवन निमार्ण गरिएको उनका भनाई छ ।

विद्यालय सार्ने कुरामा नितिगत समस्या भए पछि निमार्णधिन भवनको केहि काम अधुरै रहेको थियो । भवन प्रयोग विहिन हुदाँ दिन प्रतिदिन जिर्ण वन्दै गएको छ ।उक्त भवनका ५ वटा कोठाको पाता र काठ हावाले उडाएको छ । भवनको मर्मत सम्वहारका साथै प्रयोगमा ल्याउनु पर्नेमा स्थानीयको माग रहको छ । हाल आएर नगर तथा वडाबाट वजेट विनियोजन नगर्दा समस्या भएको स्थानीय जितवहादुर खड्काले वताए ।

स्थानीय खड्काका अनुसार भवन प्रयोगमा ल्याउनु पर्ने र मर्मतको लागि थप वजेट छुटयाउन जनप्रतिनिधीलाई प्रति वर्ष आग्रह गरे पनि सम्वन्धीत निकायले चासो नदिएको उनको भनाई छ । विद्यालय स्थाननान्तरण गर्ने विषयमा तत्तकालिन समयमा वडा वडा विच ठुलो विवाद भए पछि भवन प्रयोग विहिन वनेको थियो । मर्मत तथा सम्माहार भएमा विद्यालय स्थान्तरण नभए पनि अन्य प्रयोजनमा काम लाग्ने स्थानीयको भनाई छ ।

भवन अभावमा रहेका अतिरिक्त हुलाक, वडा कार्यलय, कृषि, भेटनरि समेत सञ्चान गर्न सकिने जनाएको । अन्य कार्यलयहरु भाडातीरेर कार्र्यालय सञ्चालनमा छन् । भवन अभावमा रहेको ७ नम्बर वडाले समेत उक्त भवनलाई सुधार गरेर कार्यलय सञ्चालन गर्दा राम्रो हुने जनाएको छ ।

लाखौ खर्चेर निर्माण गरिएको उक्त भवन प्रयोग विहीनकै कारण जिर्ण वनेको छ । भवनको फिनिसिंङ्घको काम समेत उपभोक्ता समिती नगरेको स्थानीय जानकार वताउँछन् । पलष्टर र रङ्घरोगन वाहेक अन्य सवै काम पुरा भएको थियो । भवनलाई मर्मत सुधार गरि अन्य कार्यलय सञ्चालन गर्न सथनीयले जोडदार माग गरेका छन् ।

प्रकाशित मिति : २०७५ माघ २५ गते शुक्रवार