• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा चट्याङ पर्दा एक घरमा ३ गोरु मरे


माघ २६, सल्यान ।
सल्यानमा एक घरमा चट्याङ पर्दा ३ वटा गोरु मरेका छन् ।

जिल्लाको सिद्धकुमाख गाउँपालिका १ उपल्लो बाँचकाडा निवासी तेज बहादुर बुढाथोकीको घरमा गएराती ११ बजेतिर चट्याङ पर्दा तिनवटा गोरु मरेका हुन् । चट्याङले घरका भित्ताहरु चर्किएको स्थानीय राकेश परियारले लेकाली अनलाइनलाई बताए ।

चट्याङले घरको छानामा र सोलारमा पनि क्षेती पुर्याएको छ । चट्याङ पर्दा घरबाट मानिसहरू भागेकाले कुनै मानवीय क्षेती भने नभएको पीडित घरधनीले बताएका छन् ।

प्रकाशित मिति : २०७५ माघ २६ गते शनिवार