• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा २५ लाख भन्दा धेरै विद्युत महसुल उठाउन बाँकी


माघ २६ , सल्यान ।
नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रले जिल्लामा २५ लाख रुपैँया भन्दा धेरै विद्युत महसुल उठाउन बाँकी रहेको जनाएको छ ।

यस आर्थिक बर्षको हालसम्ममा जिल्लामा २५ लाख २० हजार ५सय ७७ रुपैँया विद्युत महसुल उठाउन बाँकी रहेको सल्यान वितरण केन्द्रका आय प्रमुख तिलक पौडेलले जानकारी दिए । उनको अनुसार विभिन्न व्यक्ति, संस्था तथा कार्यालयहरुबाट विद्युत महसुल उठाउन बाँकी रहेको छ ।

विद्युत महसुल बुझाउन ताकेता गर्दा पनि महसुल नबुझाउने धेरै रहेको उनले बताए । उनले साउनदेखी हालसम्ममा जरिवाना सहित ३ लाख ३० हजार ८ सय ९२ रुपैँया बख्यौता रकम उठाएको बताए ।

प्रकाशित मिति : २०७५ माघ २६ गते शनिवार