• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

शारदा नगरपालिकामा स्वच्छ र सफा खानेपानी पु¥याउन म लागि परेको छु : नगरप्रमुख अधिकारी


माघ २६ , सल्यान ।
शारदा नगरपालिका सल्यानका नगरप्रमुख सुरेश अधिकारीले नगरबासीहरुलाई स्वच्छ र सफा खानेपानी पु¥याउन आफु लागि परेको बताएका छन् । नगरपालिका भित्रका कुनै पनि नागरिक सफा र स्वच्छ खानेपानीबाट बञ्चित हुन नपरोस भनेर योजना बनाई रहेको उनले बताए ।

खलंगा शितलपाटी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सल्यानको दोस्रो साधारण सभाको आज सल्यान खलंगामा उद्घाटन गर्दै नगरप्रमुख अधिकारीले आम नागरिकलाई स्वच्छ खानेपानी पु¥याउनु राज्यको दायित्व भएको बताए । कोही पनि नागरिक खानेपानीबाट बञ्चित नहोस भन्ने अवधारणा अन्तर्गत विभिन्न स्थानमा साना तथा ठुला खानेपानी योजना भई रहेको बताए । उनले भने– “जनतालाई मुल देखि मुखसम्म स्वच्छ खानेपानी दिलाउनु राज्यको दायित्व भित्र पर्छ त्यही दायित्वलाई कार्यन्वयनमा ल्याउनका लागि हामीहरु लागि परेका छौ ।”

दोस्रो साधारण सभामा शारदा नगरपालिका सल्यानका शिक्षा शाखा प्रमुख विर बहादुर सेजवाल, खानेपानी उपभोक्ता महासंघ सल्यानका अध्यक्ष पूर्ण चन्द्र राई, २ न वडा अध्यक्ष केशव सिहं बुढाथोकी लगायतले साधारण सभा सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा खलंगा शिलतपाटी योजनाको डिजाइन देखि हालसम्मको अवस्थाका बारेमा तयार पारिएको वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।

संस्थाका अध्यक्ष केशव बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष मौषमदास श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव सुदन श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : २०७५ माघ २६ गते शनिवार