• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा हिउँ खेल्न जानेहरुको लाइन (फाेटाे फिचर)


माघ २६, सल्यान ।

सल्यानमा शुक्रबार राती परेको हिमपातले सनिबार दिनैभरी सेताम्य भयो । १२ बर्षपछि यहि माघ ११ गते राती सल्यानमा ठुलो हिमपात भएको थियो । तर उक्त हिमपात भन्दा पनि शुक्रबार रातीको हिमपात झनै ठुलो थियो ।

जिल्लाका अधिकांस अग्ला लेकहरुमा हिमपात भयो । जसलाई सनिबार लेकाली अनलाइनले जिल्लाभरीको हिमपातको तस्बिर संकलन गरेको फोटो फिचर बनाएर राख्यो । यस अघि पनि माघ ११ गतेको हिमपातलाई लेकाली अनलाइले जिल्लाभरीको तस्बिर संकलन गरेर फोटो फिचरमा राखेको थियो । जुन समाचारलाई अहिलेसम्म झण्डै ८ हजारसम्मले फेसबुकमा सेयर गरेका छ ।

यसपटक भने हिउँ सँग फोटो खिचाउनेहरुको लाइन लागेको छ । सडक सँग जोडिएको बागचौर नगरपालिका ९ पातिहाल्न यसपटक हिमपातले गर्दा पर्यटकीय गन्तव्य बन्यो ।

पातिहाल्न पुग्नु अघि करिब ३ किलोमिटरमा पर्ने रानीपोखरीबाटै हिमपात सुरु भएको थियो । तर उक्त हिउँलाई पार लगाउदै अधिकांस मानिसहरु पातिहाल्नै पुगे । उनिहरु त्यहाँ पुगेपछि मोबाइलमा सेल्फी खिचेर फेसबुकमा समेत पोस्ट गरे ।

पातिहाल्नबाट अझ माथि केहि झ्यामसम्म पुग्न खाेजे पनि धेरैजसाे पातिहाल्नबाटै फिर्ता भए । झ्याम धेरै उचाइमा भएकाेले हिउँमा त्यहाँ पुग्न कठिनाइ थियाे ।

जिल्लाको अन्य ठाउँमा भारी हिमपात परेपनि रोल्पासँग सिमाना जोडिएको पातिहाल्नमा पुग्न मोटरबाटो हुँदा धेरै मानिसहरु गएका थिए । सडक संजाल जोडिएपनि कच्ची सडक हुँदा बाइकहरु चिप्लीने र केहि हिड्नुपर्ने अवस्था आएको यात्रुहरुले बताएका छन् ।

यसरी केहि बर्षको अन्तरालमा पर्ने हिमपातकै कारण पातिहाल्नलाई पर्यटकीय क्षेत्र बनाएको स्थानीयहरुले बताएका छन् ।

 

जिल्लामा हिमपात भएका ठाउँहरु
सल्यानमा हिमपात हुने ठाउँहरुमा बाफुखोला, कोटबाराको मखलाम, कोटमौलाको कुयापानी, बथान, पातीहाल्ना, खोरबारे, दमाचौरको जलेखर्क, लसुने, बुराँसे, डिग्रे खोरबारे रहेका छन् । यो क्षेत्रमा अत्यधिक मात्रामा हिउँ परेको छ ।

त्यसैगरी लेखपोखरा, झिम्पेको पाथीभरा, खर्सुबास, जथाक लेक, कुमाख लेकमा पनि अत्याधिक हिमपात भएको छ । उता रोल्पा र सल्यानको सिमाना निगालपानीमा पनि हिमपात भएको छ ।

त्यस्तै बनगाड कुपिण्डेको नगालचुला लेक, वलजुरे डाँडो,चौर, माँझखर्क, जयतपानी, शारदा नगरपालीकाको वडा नम्बर ९ सानीगारे, शिद्धकुमाखको काला लेक, कुमाख गाउँपालिकाको तुतुरे, जिमाली, दार्मा गाउँपालिकाको गोठिबन, जलेखर्क लगाएतका ठाउँहरुमा हिमपात भएको छ ।

 

तस्बिर : टेकराज शाही, धनेन्द्र विमल ओली र श्रवण देवकाेटा

र, याे पनि

फेरी सल्यानका धेरै ठाउँमा ठुलो हिमपात, (हेर्नुहोस् हिमाल जस्तै देखिने जिल्लाभरीका तस्बिर)

सल्यानमा १२ बर्षपछि सबैभन्दा ठुलो हिमपात, (हेर्नुहाेस् जिल्लाभरीका ५० तस्बिर)

प्रकाशित मिति : २०७५ माघ २६ गते शनिवार