• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

सल्यानको बागचौरमा घरेलु मदिरा र बाल विवाहलाई नियन्त्रण गरिने


माघ २७, सल्यान ।
सल्यानको बागचौर नगरपालिका भित्र बाल विवाह र घरेलु मदिरालाई नियन्त्रण गरिने भएको छ ।

सामुदाय प्रहरी पालिका समितीको आइतबार बसेको पहिलो बैठकले नगरपालिका भित्र घरेलु मदिरा उत्पादन तथा बिक्री वितरणमा नियन्त्रण गर्ने निर्णय गरेको हो । अवैध रुपमा उत्पादन गरिएको उक्त मदिरा नियन्त्रणको लागी मदिरा बिक्री हुने स्थानमा छापा मारेर प्राप्त हुने सामाग्रीहरु नागरिक समाजको रोहबरमा नष्ट गरिने भएको छ ।

त्यस्तै बाल विवाहलाई पनि नियान्त्रण गर्नको लागी जनचेतना मुलक कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ । यी कार्य संचालन गर्नु अघि इलाका प्रहरी कार्यालय थारमारे मार्फत प्रत्यक वडाहरुमा सुचना सम्प्रेषित गरिने भएको छ ।

जुन कार्यको लागी बागचौर नगरप्रमुख लोकमान बुढाथोकी संयोजक, उपप्रमुख कल्पना पुन सह संयोजक र इलाका प्रहरी कार्यालय थारमारेका प्रमुख लिलाभक्त बादी सचिव रहेका छन् ।

प्रकाशित मिति : २०७५ माघ २७ गते आइतवार