माघ २७, तुलसीपुर दाङ । तुलसीपुर उपमहानगरपालिका ७ मा रहेको तुलसीपुर एकाडेमीले आज सरस्वती पुजाको अवसरमा कार्यक्रम गरेको छ । संचालक समितीका अध्यक्ष भावना न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टोप बहादुर केसिको प्रमुख आतिथ्यता एवम् तुलसीपुर उपमहानगरपालिकाका कार्यपालीका सदस्य दिपक कुमालको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा वार्सिक रुपमा विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा उच्च अदालत तुलसीपुरका सुनिल धिताल , मेघा बैक तुलसीपुरका म्यानेजर मोहन भण्डारी लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण बिधालयका प्राचार्य भागवत भट्टराईले गर्नुभएको थियो ।