• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

मैले सरकारी र निजी स्कुललाई एउटै नजरले हेरेको छु : शारदा नगरप्रमुख अधिकारी


माघ २७, सल्यान ।
शारदा नगरपालिका सल्यानका नगरप्रमुख सुरेश अधिकारीले सरकारी र निजी स्कुललाई आफुले एउटै नजरले हेरेको बताएका छन् ।

आइतबार जिल्लाको श्रीनगरमा रहेको ब्राईट पर्ल एकेडेमीको १४ औ बार्षिकोत्सव, पुरुस्कार एवम सरस्वती पुजाको कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले सामुदायिक विद्यालय र सस्थागत विद्लायलाई हेर्ने दृष्टिकोण फरक नभएको बताएका हुन् । उनले सामुदायिक विद्यालयमा पनि अब सस्थागत विद्यालयको जस्तो गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिएका छन् ।

उनले नगरपालिका भित्र रहेका ५७ वटा सामुदायिक विद्यालयमा पनि गुणस्तरीय शिक्षा दिएर सस्थागत बिद्यालय जस्तै बताए । संस्थागत तिर राम्रो पढाई हुन्छ भन्ने सबै अभिवाकको मानसीकतामा झुन्डीएकाले सामुदायिक विद्यालय तिर आर्कषित बनाउन सस्थागत बिद्यालयको जस्तो शिक्षा आबश्यक रहेको उनले बताए ।

नगरप्रमुख अधिकारीले भने– “अहिले प्रतिस्प्रधा जस्तो देखिन थालेको छ, नगरपालीकाले हेर्ने दृष्टिकोण फरक छैन, सकेसम्म पदाई एकैनासको बनाउन जरुरी छ, त्यसैले सरकारी र सस्थागत बिदयालयको पढाई एकैनासको बनाउन पर्छ ।” जिल्लाका सबै बिद्यालयमा गुणस्तरीय शिक्षा दिन जरुरी रहेको नगरप्रमुख अधिकारीले बताए ।

यसैबिच ब्राईट पर्ल एकेडेमी सल्यानले आफ्नो १४ औ बार्षिकोत्सव बिभिन्न कार्यक्रम गरी मनाएको छ । २०६१ सालमा स्थापना भएको बिद्यालयले आजका दिन सम्म उत्कृष्ठ बिधार्थीहरु उत्पादन गर्नुका साथै भौतिक पुर्बाधारले समेत अगाडी रहेको प्रिन्सीपल हरिस चन्द्र अधिकारीले बताए ।

साथै जिल्लाकै उत्कृष्ठ बिद्यालय छनोट भै प्रदेश स्तरमा अग्रस्थानमा रहेर प्रदेशस्थान ओगटेको उनले बताए । ब्राईट पर्ल एकेडेमी प्रालीका ब्यवस्थापन समितीका अध्यक्ष भिम बढाथोकीको अध्यक्षतमा भएको कार्यक्रममा पुर्ब प्रिन्सपल बादल कुमार श्रेष्ठ, संचालक घनश्याम अधिकारी, शिबजन माबिका प्रमुख ईश्वरी बुढाथोकी, शिबलाल थापा, अभिभावक मान बहादुर मल्ल, मित्र प्याराडाईज बोडिङका संचालक कमल थापा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

प्रकाशित मिति : २०७५ माघ २७ गते आइतवार