• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानको बागचौरमा १३ औ साहित्य श्रीखलाको प्रथम युगल रचना सम्पन्न


माघ २७, सल्यान ।
१३ औ साहित्य श्रीखलाको प्रथम युगल रचना बाचन कार्यक्रम बागचौर नगरपालीका वडा नम्बर २ थारमारेमा सम्पन्न भएको छ ।

साहित्य परिषदका अध्यक्ष ईन्द्र भण्डारी अंकितको अध्यक्षतामा भएको कायक्रममा बागचौर नगरपालीकाका नगरप्रमुख लोकमान बुढाथोकीको प्रमुख आथित्यता र वडा नम्बर २ का वडा अध्यक्ष घाश्याम शर्माको बिशिष्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

जनकल्यान उच्च माध्यामीक बिद्यालय थारमोरमा भएको कार्यक्रममा युगल रचना बाचक द्धोय श्रष्टा मोहन सिङ घर्तिमगर र एचपि पुनमगरले एक, एक दर्जन मुक्तक र गजल रचना बाचन गरेका हुन् । उनिहरुले बिहान १० बजे देखि मध्यान १२ बजे सम्म आफना रचनाहरु प्रस्फुटन गरेका थिए ।

नेपाली साहित्यमा नया आयाम थप्ने उदेश्यले कार्यक्रम संचालन गरेको परिषदका सचिब तारादेब शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ माघ २७ गते आइतवार