• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

कुनै समय बन्दुकले हानथाप गर्ने सल्यानका यी दुई नेता अहिले हिउँले हानाहान गर्न थाले


माघ २७, सल्यान ।

कुनै समय बम बारुदले हानथाप गर्ने नेताहरुले अहिले हिउँले हानाहान गरेको फोटो फेसबुकमा देखिदा सबैले चासोको रुपमा हेरेका छन् ।

पुर्व एमालेका सल्यान जिल्ला अध्यक्ष लोक बहादुर डाँगी र पुर्व माओवादीका सल्यान जिल्ला इन्चार्ज भिम प्रकाश शर्माले हिउँले हानाहान गरेको रमाइलो तस्बिर फेसबुकमा चासोको रुपमा हेरिएको छ । शनिबार बागचौर नगरपालिका ९ मा गएर यी दुई नेताले हिउँले हानाहान गरेको फोटोलाई लोक बहादुर डाँगीले आफ्नो फेसबुकमा राखेका छन् ।

यो साच्चिकैको हानाहान भने हैन् । यो एउटा फोटा खिच्नलाई गरिएको रमाईलो हानाहान हो । फोटालाई चासोको रुपमा यसरी हेरिएको कुनै समय यी दुई नेता वारपार बाट बन्दुकले हानाहान गर्ने पार्टीमा थिए ।

शर्मा तत्कालीन जनयुद्वकालिन माओबादीको सह डिभिजन कमाण्डर बनेका थिए । उनले राज्यपक्षलाई बन्दुकले हान्ने काम गरेका थिए ।

डाँगी पनि राज्य पक्ष मानिने एमाले सल्यानका प्रभावशाली नेता थिए । जसबेला राज्यले माओबादीलाई बम गोला बर्साउने गथ्र्याे ।

तर एमाले र माओबादी एकता भएसँगै अहिले यी दुई नेता एकअर्काका नजिकका पात्र भएका छन् । दुवै जना नेकपा कर्णली प्रदेश सदस्यीयमा छन् । उनिहरु नेकपा सल्यानका प्रभावशाली नेताको रुपमा पनि हेरिन्छन् ।

प्रकाशित मिति : २०७५ माघ २७ गते आइतवार