• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

प्रचण्ड पेरिसडाँडा पुग्दा एमाले कोही आएनन्, स्वागत गर्ने माओवादी कार्यकर्ता मात्रै


फागुन १, काठमाडाैं ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनयुद्ध दिवशकाे अवसरमा सहिदहरुप्रति श्रद्धाञ्जली दिन पेरिसडाँडा पुग्दा निकै उदास देखिए ।

पूर्व माओवादीको केन्द्रीय कार्यालय समेत रहेको पेरिसडाँडा पुग्दा उनलाई स्वागत गर्न माओवादी कार्यकर्ता मात्र देखिएका कर्णको उनको अनुहार मलिन देखिएको थियो । एमालेसँगको पार्टी एकतापछि जस्तो समुहिकता हुनुपर्ने हो त्यस्तो देखिएन ।

सिंगो पार्टीका उनि अध्यक्ष भए पनि पेरिसडाँडा जाँदा माओवादी कार्यकर्ताको मात्र घेरा देख्दा उनको मन अमिलो भयो । पार्टी एकै भइसकेपछि सम्भवतः अहिलेसम्म पुर्व एमालेका नेता-कार्यकर्ताले पेरिसडाँडा टेकेका छैनन् । एमाले माओवादीको पार्टी एकता औपचारिकतामा मात्र सिमित भएको यो घटनाले पनि देखाउछ ।

सिद्धान्ततह पार्टी एकै भए पनि भावनात्मक हिसाबले एमाले-माओवादीका नेता कार्यकर्ताको मनमा पार्टी एकै हो भन्ने महसुस अझै भएको छैन की भन्ने प्रष्ट तस्बिर प्रचण्डको पेरिसडाँडा आगमनले देखाएको छ ।

माओवादीका नेता कार्यकर्ता लर्को लागेको पार्टीको कामका लागि धुम्बाराही धाइरहेका बेला यता जनयुद्धमा सहादत प्राप्त गर्ने सहिदहरुप्रति श्रद्धाञ्जली दिन पेरिसडाँडा पुगेका प्रचण्डलाई स्वागत गर्न पूर्व एमालेहरु नदेखिनुलाई महत्वको रुपमा हेरिएको छ।

तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता भई नेकपा बनिसकेकाे अवस्थामा पनि पेरिसडाँडामा एमाले नेता तथा कार्यकर्ताहरु अनुपस्थित हुनुलाई माओवादी कार्यकर्ताले अर्थपूर्ण रुपमा हेरेका छन्।

प्रचण्ड सहभागी पेरिसडाँडाको कार्यक्रममा अध्यक्ष प्रचण्डलाई तत्कालीन माओवादी समर्थित नेताहरु लेखराज भट्ट, मणि थापा, विद्यार्थी नेताहरु र वाइसियलका नेताकार्यकर्ताहरुले स्वागत गरेका थिए। स्वागत कार्यक्रमपछि पूर्व माओवादी नेता-कार्यकर्ताले निकै कानेखुसी गरे ।

दश बर्षको जनयुद्धले लगाएको घाउ बिर्सिएर माओवादी एमालेको एकता भएको नेताहरुले दाबी गरे पनि जनयुद्ध दिबशकै दिन पूर्व एमालेहरुले माओवादीप्रति देखाएको यो ब्यबहार राजनीतिक नभएको एक नेताले बताए ।

पेरिसडाँडामा रहेको सहिद स्मृति स्तम्भमा प्रचण्डले पुष्पगुच्छा माल्यार्पण गर्दै उपस्थित नेताकार्यकर्ताहरुलाई अबिर लगाएर २४औं जनयुद्ध दिवशकाे शुभकामना दिएका थिए।

जनयुद्ध दिवशकाे अवसरमा आज नेकपाले केन्द्रीय पार्टी कार्यालय, धुम्बाराहीमा विशेष कार्यक्रमकाे आयाेजना गर्दै छ। उक्त कार्यक्रममा पार्टीका अध्यक्ष प्रचण्ड र अन्य बरिष्ट नेताहरुले नेता-कार्यकर्तालाई सम्बोधन गर्ने र शुभकामना आदानप्रदान गर्ने बताइएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन १ गते बुधवार