• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा विप्लव नेकपाले ब्यानर प्रदर्शन गरेर २४ औँ जनयुद्व दिवस मनायो


फागुन १, सल्यान ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज सल्यानको विभिन्न ठाउँमा २४ औँ जनयुद्व मनाएको छ ।

जिल्लामा ब्यानर प्रदर्शन, अविर आबरन, मिठाई वितरण लगाएतमा कार्य गरेर २४ औँ जनयुद्व दिवस मनाएको नेकपा सल्यानका इन्चार्ज डिल्लीराज शर्मा विश्वले बताएका छन् । उनका अनुसार सो पार्टीले श्रीनगर, बरला, बांगेलाखुरी, थारमारे, मौलाहाल्ने, सुईकोटको नेटाबजार लगाएतका ठाउँमा “२४ औँ जनयुद्व दिवस मनाउँ” लेखिएको ब्यानर प्रदर्शन गरेर दिवस मनाइएको छ ।

दिवसको कुमाख गाउँपालिकाको बडागाउँमा रहेको बुद्ध जनकल्यान माविमा शिक्षक तथा विद्यार्थीहरुलाई अबिरआवरण तथा मिठाई वितरण गरिएको छ । उक्त कार्यक्रममा जिल्ला इन्चार्ज विश्वको सहभागीता रहेको थियो ।

त्यस्तै २४ औँ जनयुद्व दिवसको अवसरमा नेकपा निकट अखिल क्रान्तिकारी सल्यानले जिल्लाका दुईवटा विद्यालयमा संगठन विस्तार गरेको छ । शारदा नगरपालिका ६ मदमकाँडामा रहेको बालशाखा माविमा युवराज ओलीको अध्यक्षतामा ४० सदस्यी र वडा नम्बर १५ माल्नेटामा रहेको त्रिभुवन जन मावि भुवन हमालको अध्यक्षतामा ५१ सदस्यीय मुल इकाइ समिती गठन गरिएको संगठनका जिल्ला अध्यक्ष टंक प्रकाश केसीले बताएका छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन १ गते बुधवार