• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सल्यान च्युराकाे त्रिभुवन जनता माविले ४३ औ वार्षिक उत्सव मनाउदै


फागुन १, सल्यान ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ५ शंखपिपल च्युरामा रहेकाे त्रिभुवन जनता माध्यमिक विद्यालयले ४३ औ वार्षिक उत्सव तथा अभिभावक भेलाको उद्घाटन गरेकाे छ । बुधबार नगर प्रमुख गोविन्द कुमार पुनले उद्घाटन गरेका हुन् । वार्षिक उत्सवसँगै विद्यालयले ३ दिन सम्म अतिरिक्त क्रियाकलापको आयोजना गर्ने जनाएको छ ।

विद्यालयको वार्षिक उत्सवमा प्रमुख अतिथि गोविन्द कुमार पुनले नगरका सवै शैक्षिक संस्थाहरुमा परिर्वतनको खाँचो रहेको औल्याए ।विद्यार्थी, अभिभावक, शिक्षक र सरोकारवाला निकाय सवैको शिक्षा क्षेत्र सुधारका निम्ती जरुर सहयोग आवश्यक रहेको उनले जनाए । शिक्षामा आमुल परिर्वतनका लागि आफुले नितीगत व्यवस्था पारित गरि काम गर्न खोजेको उनकाे भनाइ  छ । यसमा सवैको सहयोग भए शिक्षा क्षेत्र सुधारमा कोशेढुङ्घा हुने उनले बताए ।

शिक्षा क्षेत्र सुधारका लागि आफु नगर प्रमुखको हैसियतले के गर्नु पर्छ त्यो त्याग गर्न तयार रहेको उनले बताए ।

त्यसैगरी कार्यक्रममा विद्यालयका प्रअ. गुमान सिं विष्टले विदालयको योजना, कार्यनीती र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिक उत्सव भेलामा बनगडा कुपिण्डे नगरपालिकाका प्रशासकिय प्रमुख नोखिराम वली, नगर शिक्षा शाखाका रोम प्रसाद पाण्डे, श्रोत व्यक्ती चक्र रावत, वडा अध्यक्ष कमाल वि.क., ४ नम्बर वडा अध्यक्ष मोमत रोका, पुर्व विव्यस अध्यक्ष, पार्टि प्रतिनिधी, जनप्रतिनीधी र अभिभावकको उपस्थिती रहेको थियो ।

विद्यालय व्यवस्थापन समिती अध्यक्ष हरिलाल विष्टको सभा अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन विद्यालयका शिक्षक विरेन्द्र शाहीले गरेका थिए । बुधबार नै नगर प्रमुख पुनले अतिरिक्त क्रियाकलाप तर्फको भलिभवल खेलको समेत उद्घाट गरेका छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन १ गते बुधवार