• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यान बरलाका किसान तरकारी खेतिबाट राम्रो आम्दानी गर्दै (भिडियो सहित)


फागुन ३, सल्यान ।

तरकारी खेतिबाट सल्यान बरलका किसानले राम्रो आम्दानी गरेका छन् ।

सल्यानको शारदा नगरपालिका ६ बरलाका किसान लोक बहादुर भण्डारीले यतीखेर तरकारी खेतिमा व्यस्त देखिन्छन् । २०४७ सालदेखि निरन्तर तरकारी खेतीमा लागेका भण्डारीले अहिले ८ ओटा टनेल बनाएर तरकारी खेती गरेका छन् । अरु ४ वटा टनेल बनाउदै गरेको उनले लेकाली अनलाइनलाई बताए ।

तरकारी खेतिबाटै उनले सबै खर्च कटाएर बार्षिक ६ लाखसम्म आम्दानी गर्ने गरेका छन् । खेतीमा धेरैजसो काम आफुले गर्ने र नभ्याएको खण्डमा अरु कामदार राख्ने गरेको उनले बताए ।

उनको बारीमा अहिले भेरे खुर्सानी, सिमी, टमाटर, काउली, गाँजर लगाएतको तरकारी उत्पादन हुने गरेको छ । लेकाली अनलाइन सँग कुरा गर्दै उनले भने– “बरला तरकारीको लागी राम्रो क्षेत्र हो, जाँगर भए बिदेशको भन्दा यहाँ डबल कमाउन सकिन्छ् ।”

अरुको काम गर्नुभन्दा आफ्नो काममा आनन्द आउने उनले बताए । बजार राम्रो भएको तर आफुले धेरै उत्पादन गर्न नसकेको उनले बताए । पहिले आफुले भाडामा जग्गा लिएर तरकारी खेती गरेको र अहिले आम्दानी गरेर उक्त जग्गा किनेको उनले बताए ।

अहिले आफुले उत्पादन गरेको तरकारी जिल्ला भित्रै बिक्री हुने गरको उनले बताएका छन् । कहिले काँही धेरै तरकारी भएमा जिल्ला बाहिर जाने गरेको उनको भनाई छ ।

पहिले डोको बोकेर खलंगा, श्रीनगन तरकारी बेच्न जानेको गरेको उनी सम्झन्छन् । अहिले तरकारी बिक्रीमा समस्या नभएको उनी बताउछन् । गाडीबाटै तरकारी बिक्रीको लागी पठाउने उनले बताए । यहि ट्रक ल्याउन सक्ने खालेकाे तरकारी आफुहरुले उत्पादन गर्न नसकेकाे कारण कपुरकाेटकाे हाटबजारसम्म आफुले पुर्याउने गरेकाे उनले बताए ।

उनि सँगै बरलामा अन्य दुईजनाले पनि तरकारी खेती गरेका छन् । अझै यो क्षेत्रमा प्रशस्त जग्गा भएको भन्दै भण्डारीले अरु किसान थप्न पाए राम्रो हुने बताएका छन् ।

यो क्षेत्रमा धेरैले तरकारी खेती गरेमा ठुला व्यापारी ल्याएर बिक्री गर्न सजिलो हुने उनले बताए । सुरुमा धेरै आम्दानीको आस गर्न नहुने भन्दै उनले भने– “बिस्तारै गर्दै जानुपर्छ, पछि व्यवसायी फस्टाउदै जान्छ ।”

खेतीको लागी सरकारी तवरबाट पनि सहयोग भएको भण्डारीले बताए । टनेल बनाउदा ७५ प्रतिशत प्रधानमन्त्री कृषी अधुनीककरणले अनुदान दिएको र बाँकी २५ प्रतिशत आफुले लगानी गरेको उनले बताए ।

सरकारले किसानलाई ऋन दिने विषयमा किसानको भावना नबुझेको उनले दुखेसो गरेका छन् । किसानलाई दिने ५ प्रतिशत ऋन बैंकले सडकको छेउमा जग्गालाई मात्रै दिनेको गरेको भन्दै उनले दुखेसो गरेका छन् । उनले भने– “किसानको जग्गा त गाउँमा हुन्छ, किसानलाई ऋन दिने हो भने गाउँको जग्गालाई दिनुपर्छ ।”

हेर्नुहोस् उनै किसान लोक बहादुर भण्डारी सँग लेकाली अनलाइद्वारा संचालिन लेकाली टिभीले गरेको कुराकानी

प्रकाशित मिति : २०७५ फाल्गुन ३ गते शुक्रवार