• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

सल्यानकाे मावि च्युराले यी खेलकुद सहित मनायाे ४३ औं वार्षिकोत्सब ?


फागुन ३, सल्यान ।

सल्यानकाे पश्चिम क्षेत्रको बनगाड कुपिण्डे नगरपालिका वडा न ५ मा रहेको श्री त्रिभुवन जनता माध्यमिक विद्यालय शंखपिपल च्युराले विभिन्न अतरिक्त क्रीयाकलाप गर्दै आफ्नो ४३ औं वार्षिकोत्सब मनाएको छ ।

फाल्गुन १ देखि ३ गते सम्म सन्चालन भएको कार्यक्रममा विद्यार्थीहरुले भलिबल, हाजिरी जवाफ, कुर्सी दौड, लङ्जम्फ, हाइजम्फ, सटफुट, तातो आलु, हिसाब दौड, वक्तृत्व कला लगाएत सस्कृतिक कार्यक्रम भाग लिएर आफ्नो कला प्रदर्शन गरेका थिए । जसमा छात्र भलिबलमा तर्फ +२ A टिम प्रथम , धौलागिरी सदन दोश्रो र +२ B टिम तेस्रो भएका छन । भने छात्रा भलिबल तर्फ सगरमाथा सदन प्रथम, धौलागिरी सदन दोस्रो र माछापुच्छ्रे सदन तेस्रो भएका छन ।

त्यसैगरी सटफुटमा छात्र धिरेन्द्र विष्ट प्रथम, अशोक शाह दोस्रो, दिपक सिह तेस्रो भएका छन । भने छात्रा सटफुट तर्फ भावना प्रथम, पुजा दोस्रो, सिमाना तेस्रो भएकी छन ।

त्यसैगरी लङ्जम्फ छात्र तर्फ महेश विसि प्रथम, अशोक शाह दोस्रो, धिरेन्द्र बिष्ट तेस्रो भएका छन भने छात्रा तर्फ पुर्णिामा राना प्रथम, सीता बिक दोस्रो, विपना बिष्ट तेस्रो भएकी छन भने हाइजम्फ तर्फ हेमन्त बिष्ट प्रथम, किस्मत बिक दोस्रो, निर्मल रावत तेस्रो भएका छन । छात्रा तर्फ रितु नकाल प्रथम, पवित्रा राना दोस्रो, यमुना पुन तेस्रो भएकी छन ।

मावि स्तरीय वक्तृत्व कलामा महेश बिसि प्रथम, पुर्ण ब राना दोस्रो, अनुजा बुढा तेस्रो भएकी छन । निमावि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सगरमाथा सदनको किरण पुरिको टिम प्रथम, धौलागिरी सदन सृष्टि शाहको टिम दोस्रो, अन्नपूर्ण सदन लोकराज बुढाको टिम तेस्रो भएका छन ।

निमावि स्तरीय कुर्सी दौडमा टीका रावत प्रथम, शुसिला बस्नेत दोस्रो , शुसिला बस्नेत तेस्रो भएकी छन । भने हिसाब दौडमा दिपक रावत प्रथम, प्रवेशिका परियार दोस्रो जनक रोका तेस्रो भएका छन । भने प्रावि स्तरीय तातो आलु राजकुमार बिष्ट प्रथम, शुविता रावत दोस्रो, टोप ब बुढा तेस्रो भएका छन ।

बिजेता खेलाडीहरुलाइ प्रमाणपत्र सहित नगद पुरस्कार वितरण गरिएको छ । उत्कृष्ट भलिबल खेलाडीमा +२ तर्फ छात्रा झरना केसि र धौलागिरी सदनका छात्र सन्दीप परियार प्रमाणपत्र र पुरस्कार दिएको छ ।

साथै २०७४ सालको परिक्षामा प्रथम, द्धितिय, तृतीय स्थान हासिल गरेका विद्यार्थीहरुलाइ पनि पुरस्कार वितरण गरिएको छ । भने विद्यालय प्रथम कक्षा ८ कि उर्मिला सुनार बिध्यालय प्रथम भएकी छन, जानकी राना कक्षा ९ मनिटर राम्रो अनुशासितमा रिता बुढाथोकी , नियमित विद्यालय आउनेमा वसन्त बिसि सरसफाइमा विपना बिष्ट छनिएकी छन ।

स्वर्गीय डम्बर बिष्ट अक्षयकोष बाट विद्यार्थी रमेश बिष्टलाई नगद रु ६५० र स्कुल पोशक सहित पुरस्कार दिएको छ भने बिध्यालयमा उत्कृष्ट शिक्षक भनेर निमावि शिक्षकमा लालमणी बिष्ट र माबी शिक्षकमा गणेश अधिकारीलाइ पुरस्कार सहित सामान गरिएको छ ।

समापन कार्यक्रम बनगाड कुपिण्डे नगरपालिका प्रमुख प्रशासकिय अधिकृत नोखिराम ओलि नगर शिक्षा अधिकारी रोम प्रसाद पाण्डे, स्रोत व्यक्ति चक्र रावत ५ न वडा अध्यक्ष कमल बिक, पुर्व विव्यस अध्यक्ष लगाएत अभिभावक विद्यार्थी, सरोकारवाला निकायको उपस्थिति रहेको थियो भने वार्षिकोत्सबमा आउनु हुने सबैमा बिध्यालयको तर्फबाट नि प्राध्यापक गुमान सिह बिष्टले धन्यवाद व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन ३ गते शुक्रवार