• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

काठमाण्डौँमा “कर्णाली एक्स्पो”, सल्यानका राखियो यी ४ पर्यटकीय स्थान ?


फागुन ३, काठमाण्डाैँ ।

काठमाण्डौँमा “बृहत् कर्णाली एक्स्पो” गरिएको छ ।

कर्णाली प्रदेशका सम्भावना र खानीहरूको प्रदर्शनका लागि एक्स्पो आयोजना गरिएको हो । राजधानीको भृकुटीमण्डपमा सुरु भएको एक्स्पोको उद्घाटन शुक्रबार नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका थिए ।

“बृहत् कर्णाली एक्स्पो”का आकर्षणहरूमा कर्णालीका दश वटै जिल्लाका लोक संस्कृति (सरङ्ङ्या नाच, दमाहा, पैस्यारु नाच, हुड्के नाच) रहेका छन् । कर्णालीका महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका आर्किटेक्चरल मोडेल पनि एक्स्पोमा राखिएको छ ।

त्यस्तै कृषि प्रदर्शनी (कर्णालीका विशेष कृषि उपज, जडीबुटी प्रदर्शनी साथै कर्णालीका अर्ग्यानिक परिकारहरूको टेस्ट जस्तै (मार्सी चामलको भात, च्याङ्ग्राको मासु एवम् बिर्यानी, कर्णाली हर्बल टि), फोटो तथा भिडियो प्रदर्शनी, कर्णालीसँग सम्बन्धित पुस्तक, सन्दर्भ सामाग्रीहरूको प्रदर्शनी, खस भाषा तथा सभ्यता लगायत विभिन्न विषयमा अन्तरक्रिया रहेका छन् ।

एक्स्पोमा सल्यानी प्रदर्शन

“बृहत् कर्णाली एक्स्पो”मा सल्यान जिल्लाका चार वटा पर्यटकीय ठाउँको आर्किटेक्चरल मोडेल राखिएको छ ।

जिल्लाको कुपिण्डे ताल, शारदा नगरपालिकामा पर्ने खैराबाङ मन्दिर, छत्रेश्वरी गाउँपालिकामा पर्ने छत्रेश्वरी मन्दिर र बागचौरमा निर्माण गर्न लागिएको भ्यु टावरको परिदृश्यकल्पना प्रदर्शन गरिएको एक्स्पोका अभियान्ता निम प्रकाश केसीले लेकाली अनलाइनलाई बताए ।

त्यस्तै एक्स्पोमा सल्यानको सेरिङे र टप्पा नाच, टिमुर, अदुवा, सुन्तला, टिमुरको तेल, खुकुरी, आलु लगाएतका बस्तु राखिएको उनले बताए । समृद्ध कर्णाली अभियानको आयोजनामा सञ्चालन भएको एक्स्पो फागुन ५ गतेसम्म तिन दिनका लागी चल्नेछ ।

प्रकाशित मिति : २०७५ फाल्गुन ३ गते शुक्रवार