• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

रुकुममा पुर्व माओवादीका केन्द्रीय सदस्य सहित सयौँ जना विप्लवको पार्टीमा प्रवेश


फागुन ४, सल्यान ।

रुकुममा पुर्व जनमुक्ती सेनाका ब्रिगेटी भिसी सहित एक सय भन्दा धेरै नेता कार्यकर्ता विप्लवको नेकपामा प्रवेश गरेका छन् ।

जनयुद्व दिवसको अवसरमा पश्चिम रुकुमको चौरजाहरीमा आयोजित कार्यक्रममा पुर्व माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका ब्रिगेट भिसी शिसिर नकाल सहित एक सयभन्दा धेरै पुर्व एमाले-माओवादीका नेता कार्यकर्ता विप्लवको पार्टीमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा पुर्व माओवादी केन्द्रका जिल्ला सदस्य सेर बहादुर बोहरा, एमालेका चौरहजारी नगरकमिटीमा उपाअध्यक्ष जित बहादुर विक, वाइसिएलका चौरजहारी नगरकमिटी सचिव गोविन्द महर लगाएत सयौँ नेता कार्यकर्ता रहेको नेकपाका पश्चिम रुकुम सेक्रेटरी चन्द्र बुढाले लेकाली अनलाइनलाई बताए ।

उनका अनुसार पार्टीले संचालन गरेको संगठन सुदृढिकरण तथा विस्तार अभियान जिल्लाभरी चल्नेछ । यो अभियानमा धेरैले पार्टी प्रवेश गर्ने संकेत देखिएको उनले बताए ।

यसैबिच नेकपाको भातृसंगठन अखिल क्रान्तिकारी पश्चिम रुकुमकाे अध्यक्षमा सुरेन्द्र बस्नेत ‘एस.के.’ चयन भएका छन् ।

संगठनको २५ औँ जिल्ला सम्मेलनले बस्नेत अध्यक्षताको २९ सदस्यीय कार्यसमिती चयन गरेको हो । जसको उपाध्यक्षमा प्रेम प्रशान्त, सचिव हरि पुन, सहसचिव वसन्त चन्द र कोषाध्यक्षमा सोमपाल कामी रहेका छन् ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य चिरन पुन ‘मिलन’, रुकुम इन्चार्ज तथा केन्द्रीय सदस्य अटल, दैलेख इन्चार्ज विवेक, पश्चिम रुकुम सेक्रेटरी चन्द्र बुढा, युवा संघका केन्द्रीय अध्यक्ष पाटन लगाएतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन ४ गते शनिवार